Shittalpati
बिरामीको स्वास्थ्य अवस्था बुझ्न सांसद राना अस्पताल
बिरामीको स्वास्थ्य अवस्था बुझ्न सांसद राना अस्पताल प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले लुम्बिनी मेडिकल कलेज प्रभास (एलएमसी) मा उपचाररत रामपुरका बिरामीहरुको स्वास्थ्य अवस्था बुझेका छन् । बिहीबार सांसद् राना सहितको टोलीले अस्पतालमै पुगी पितृप्रसाद ग्रहण गर्ने क्रममा खिर खाएर बिरामी भई एलएमसीमा उपचाररत विरामीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका हुन् ।
पाल्पामा थप दुई जना कोरोना संक्रमित निको भए
पाल्पामा थप दुई जना कोरोना संक्रमित निको भए जिल्लामा विहिबार थप दुई जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका एक जना र निस्दी गाउँपालिकाका एक जना संक्रमित निको भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयद्वारा सरकारी कार्यालयको अनुगमन
जिल्ला प्रशासन कार्यालयद्वारा सरकारी कार्यालयको अनुगमन जिल्ला प्रशासन कार्यालय गुल्मीद्वारा सरकारी कार्यालयहरुको अनुगमन गरिएको छ । सदरमुकाम तम्घासमा रहेका विभिन्न २१ वटा सरकारी कार्यालयहरुको अनुगमन गरिएको हो ।
नेपालमा वर्षाका कारण २४ घण्टामा ११ जनाको मृत्यु
नेपालमा वर्षाका कारण २४ घण्टामा ११ जनाको मृत्यु केही दिनदेखि मनसुसन सक्रिय भएर धेरै स्थानमा मौसम बदली भई केही ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको र १० स्थानमा अविरल वर्षा भएको छ । मनसुनजन्य विपद् परेर पछिल्लो २४ घण्टामा ११ को मृत्यु , छ बेपत्ता रहेको तथा १२ घाइते...
विकासमा नागरिक सहभागिता : नाम कि काम ?
विकासमा नागरिक सहभागिता : नाम कि काम ? आम नागरिक विकास प्रतिफलको निष्क्रिय प्रापक नभई सक्रिय भोक्ता, जीवन्त साझेदार हुन् । विकासका प्रयत्नबाट सिर्जित अवसर तथा प्रतिफल वितरण सरकारमा बस्नेले दिने र नागरिकहरुले लिने भन्ने विषयले अब सान्दर्भिकता पाउन सक्दैन ।
मानव बेचबिखन र समस्या
मानव बेचबिखन र समस्या मानव ओसार–पसार तथा बेचबिखन मानवता र मानव सभ्यताको विरुद्धको जघन्य अपराध हो । यो विश्वव्यापी रुपमै एक समस्याका रुपमा रहेको छ । विभिन्न अध्ययन अनुसार हातहतियार र लागुपदार्थ ओसार–
रामपुरमा खिर खाएर विरामी हुनेको संख्या थपिदै, विरामी मध्ये दुई जना गम्भीर
रामपुरमा खिर खाएर विरामी हुनेको संख्या थपिदै, विरामी मध्ये दुई जना गम्भीर जिल्लाको रामपुर नगरपालिका ७ मा खिर खाएर विरामी हुनेहरुको संख्या थपिदै गएको छ । मृत्यु संस्कारमा खिर खाएका मध्ये मंगलबार २९ जना विरामी भएकोमा बुधबार साँझसम्ममा विरामीको संख्या थपिएर ७५ पुगेको छ ।
कोरोनाबाट थप दुई जनाको मृत्यु
कोरोनाबाट थप दुई जनाको मृत्यु कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्जमा बुधबार थप दुई जनाको मृत्यु भएको हो ।
पाल्पामा मास्क नलगाई हिड्ने ४३ जना कारवाहीमा
पाल्पामा मास्क नलगाई हिड्ने ४३ जना कारवाहीमा जिल्लामा मास्क नलगाई घरबाहिर हिड्नेलाई प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालयले संक्रमण रोग ऐन २०२० र नेपाल सरकारले जारी गरेको लकडाउनको अवज्ञा गरी माक्स नलगाई हिड्डुल गर्ने ४३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको हो ।
पाल्पा प्याब्सनले शुल्क नबढाउने
पाल्पा प्याब्सनले शुल्क नबढाउने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले शैक्षिकसत्र २०७७ का लागि शुल्क नबढाउने भएको छ । देशभरका निजी विद्यालय चालु शैक्षिक सत्रका लागि शुल्क बढाउने तयारीमा जुटिरहेका बेला प्याब्सन पाल्पाले भने शुल्क नबढाउने भएको हो ।
तिनाउका शिक्षकलाई अनिवार्य विद्यालय उपस्थित हुन निर्देशन
तिनाउका शिक्षकलाई अनिवार्य विद्यालय उपस्थित हुन निर्देशन जिल्लाको तिनाउ गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा विद्यालय उपस्थित हुन निर्देशन दिएको छ । गाउँपालिका भित्रका प्रध्यानाध्यापकहरुको बैठकमा पालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका निर्देशक ओमबहादुर घर्ती मगरले शिक्षक कर्मचारीलाई अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन् ।
Weather Update