Shittalpati
कोरोनाबाट थप दुई जनाको मृत्यु

पाल्पा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्जमा बुधबार थप दुई जनाको मृत्यु भएको हो । वीरगञ्जको गण्डकस्थित कोभिड अस्पतालमा १ जना र नेशनल मेडिकल कलेजमा १ जनाको बुधबार मृत्यु भएको छ । दुबै जना वीरगञ्जका स्थानीय नै हुन् । बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो अस्पतालहरुले जनाएका छन् ।

त्यस्तै बुधबार २ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २ सय १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । २४ घन्टामा १ सय ४६ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै १४ हजार २१ जना कोरोना निको भएर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update