Shittalpati
दुर्घटना न्यूनीकरणका लागि चालकलाई सचेतना
दुर्घटना न्यूनीकरणका लागि चालकलाई सचेतना जिल्लामा दिनहुँ सवारी दुर्घटना हुँदै गएपछि गाडी चालकलाई सचेतना दिन थालिएको छ । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चालकहरुलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
एशियन लाईफले दियो मृतकका  परिवारलाई मृत्युदावी बापतको रकम
एशियन लाईफले दियो मृतकका परिवारलाई मृत्युदावी बापतको रकम एशियन लाईफ इन्स्योरेन्स कम्पनीले मृत्युु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको गुल्मी तम्घासस्थित उपशाखाले मालिका गाउँपालिका–६ छापहिलेकी मिना अर्यालको परिवारलाई मृत्यु दावी बापतको रकम भुक्तानी गरेको हो ।
संविधानको मर्म माथि प्रहार
संविधानको मर्म माथि प्रहार प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक बाटोबाट संसद् विघटन गरेर सविधानको मर्म माथि प्रहार गरेका छन् । आफ्नो पार्टीको अन्तर्कलह व्यवस्थापन गर्न असक्षम भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटनको असंवैधानिक अस्त्रको प्रयोग गरे ।
माधव नेपाल अध्यक्ष बन्ने
माधव नेपाल अध्यक्ष बन्ने माधव कुमार नेपाल नेकपाको पार्टी अध्यक्ष बन्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्व समूहको केन्द्रीय कमिटीको बैठकले नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरी हटाउने निर्णय गरेसँगै नेपाल अध्यक्ष बन्ने भएका हुन् ।
पाल्पाका थप ३९ जना कोरोना मुक्त भए
पाल्पाका थप ३९ जना कोरोना मुक्त भए पाल्पामा थप ३९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई आइतबार, सोमबार र मंगलबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३९ जना संक्रमितले कोरोना जितेका हुन् ।
माथागढीका विद्यालयमा सेनेटरी प्याड वितरण
माथागढीका विद्यालयमा सेनेटरी प्याड वितरण जिल्लाको माथागढी गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाले १४ वटा सामुदायिक विद्यालयका छात्राहरुको लागि महिनावारी व्यवस्थापन गर्न सेनेटरी प्याड उपलब्ध गराएको हो ।
खाद्य कम्पनीले चिनी नल्याउने
खाद्य कम्पनीले चिनी नल्याउने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी नल्याउने भएको छ । यसअघि चाडपर्वलाई ध्यानमा राख्दै १० हजार मेट्रिक टन चिनी खरिदको तयारी गरेको कम्पनीले नल्याउने निर्णय गरेको हो ।
मिलापत्रमै टुङ्गिन्छन् घरेलु हिंसाका घटना
मिलापत्रमै टुङ्गिन्छन् घरेलु हिंसाका घटना बागलुङमा अङ्ग्रेजी वर्षको पछिल्लो ११ महिनामा ४३ घरेलु हिंसाका घटना भएका छन् । मानव अधिकारवादी संस्थाले तयार पारेको तथ्याङ्कअनुसार घरेलु हिंसाको शिकार महिला तथा बालबालिकामा सबैभन्दा बढी हुने गरेका छन् । हिंसामा परेर उजूरी आएकामध्ये २६ घटनामा मिलापत्र भएको छ ।
छ कार्यालय प्रमुखसहित ६१ कर्मचारी छड्केमा
छ कार्यालय प्रमुखसहित ६१ कर्मचारी छड्केमा अर्घाखाँचीको सन्धिखर्कमा सरकारी कार्यालयका छ प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबार १०ः१५ देखि ११ बजेसम्म सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा अनुगमन गर्दा ६१ कर्मचारी बिदा तथा काज स्वीकृत नगरीकनै कार्यलयमा अनुपस्थित रहेको भेटिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।
पाल्पाको बगनासकालीमा एक युवा घरमै मृत भेटिए
पाल्पाको बगनासकालीमा एक युवा घरमै मृत भेटिए जिल्लाको बगनासकाली गाउँपालिका २ पोखराथोकमा एक युवा आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । मंगलबार विहान पोखराथोकका २९ वर्षीय संजय पहारी घर अगाडि बलेन्द्रीमा मृत अवस्थामा फेला परेका हुन् ।
के ओलीको भोलि सहज होला ?
के ओलीको भोलि सहज होला ? नेपाली भाषामा चलन चल्तीको उखान छ कुुकुरलाई घिउ पचेन हो । आज हाम्रो मुलुकमा नेकपा रुपी कुकुरलाई घिउ नपचेको हो । नेकपामा पनि ओलीलाई हो । ओलीको व्यक्तिगत मनोवृतिका कारण मुलुक अधोगतीतर्फ उन्मूख भयो । भनिन्छ बादरले आफ्नो बास पनि बनाउँदैन अर्काको पनि भत्काउछ । हो ओली त्यहि मानव रुपी...
Weather Update