Shittalpati
दुर्घटना न्यूनीकरणका लागि चालकलाई सचेतना

गुल्मी । जिल्लामा दिनहुँ सवारी दुर्घटना हुँदै गएपछि गाडी चालकलाई सचेतना दिन थालिएको छ । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चालकहरुलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको हो । ‘ट्राफिक नियम जानौ र मानौ, आफु पनि बचौं अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ ट्राफिक प्रहरीले चालकलाई ट्राफिक नियम सम्बन्धित सचेतना गराउँदै आएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सवारी चेकजाँचसँगै सडक प्रशिक्षण दिएको हो । ट्राफिक प्रहरीले जिल्लाको रेसु·ा नगरपालिका ७ को नेटास्थित तम्घास–अर्घाखाँची सडकमा सञ्चालन हुने साना, ठूला सवारी साधनका चालक, सह–चालक र यात्रुहरुलाई दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेयले बताए ।

ट्राफिक प्रहरीले सडकमै चालक, सहचालक, यात्रुहरु र स्थानीयलाई समेत राखेर दुर्घटना न्यूनीकरण गर्न जिम्मेवार नागरिक बनाउने उद्देश्य लिएको जनाएको छ । सडक सचेतना कक्षमा जिल्ला ट्राफिक कार्यालयबाट खटिएका प्रमुख पाण्डेय सहित ट्राफिक जनावनहरुले दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको अवस्था, क्षमता भन्दा बढी यात्रु वा सामान लोड, तिव्र गति, मादक पदार्थ सेवन, मौसमको कारणका कारण हुने सवारी दुर्घटना सम्बन्धी प्रशिक्षण दिइएको पाण्डेयले बताए । ट्राफिक प्रहरीको आँखा छलेर नियम विपरित सवारी चलाएर दुर्घटना गराए कानुनले नछोड्ने हुँदा जिम्मेवार बन्न र कानुनी अवस्थाका विषयमा जानकारी लिन ट्राफिक प्रहरीले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update