Shittalpati
धार्मिक–पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै ‘रमणेश्वरधाम’
धार्मिक–पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै ‘रमणेश्वरधाम’ कालीगण्डकीको किनारमा रहेको गण्डकीबेसीकै पुरानो धार्मिक धरोहर ‘रमणेश्वरधाम’ लाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शुरुआत गरिएको छ । रम्भा गाउँपालिका–१ टोकलकस्थित उत्तरतिर कालीगण्डकी, चारैतिर हरियाली वनजंगल, दक्षिणमा कालीगण्डकीले घेरिएको रमणेश्वरधामको धार्मिक पर्यटकीय विकासका लागि समुदायको सहभागितामा पूर्वाधार विकासका काम जारी रहेको छ ।
सरकार र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग
सरकार र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले आज यही पुस १९ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।
कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने
कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो ।
गुल्मीमा पहिलो महिला सिडियो, शर्माले सम्हालिन जिम्मेवारी
गुल्मीमा पहिलो महिला सिडियो, शर्माले सम्हालिन जिम्मेवारी गुल्मी जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सिडियो) रुद्रादेवी शर्मा आएकी छन् । जिल्लामा ५० वर्षको इतिहासमा शर्मा पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुन् । रामेछाप जिल्लामा ११ महिना प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी शर्मा ३९ औं प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भइ गुल्मीमा आएकी हुन् ।
मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ
मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ मोटरसाईकल चोरी गर्ने दुई जना ललितपुरबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो ।
गुल्मीका दर्जनौँ गाउँ खानेपानीबाट बञ्चित
गुल्मीका दर्जनौँ गाउँ खानेपानीबाट बञ्चित गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्वेनी स्थित भयकोटका १०५ घर स्वच्छ खानेपानीको अधिकारबाट बञ्चित छन् । स्थानीय देउबहादुर दर्लामीले एक गाग्रो पानीका लागि मध्यरातमै उठेर पानी भर्न कुवासम्म जानुपर्ने गुनासो गरे ।
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवकोे उपलक्ष्यमा देशभरका इसाईहरूले आज ‘क्रिसमस डे’ मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउने गर्दछन् ।
सवारी कारवाहीबाट पाँच महिनामा २० लाख बढी राजश्व
सवारी कारवाहीबाट पाँच महिनामा २० लाख बढी राजश्व जिल्लामा सवारी कारवाहीबाट पछिल्लो ५ महिनामा २० लाख बढी राजश्व संकलन भएको छ । ट्राफिक प्रहरीले नियम उल्लङघन गरी सवारी चलाउने विभिन्न सवारी साधनहरुमा गरेको कारवाहीबाट २० लाख ५७ हजार राजस्व संकलन गरेको हो ।
क्रिसमस पर्वको महत्व
क्रिसमस पर्वको महत्व आज देशभरका इसाई धर्मालम्वीहरुले क्रिसमस पर्व मनाउँदै छन् । जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा हरेक वर्ष यो पर्व मनाइने गरिएको छ । आज शुक्रबार पनि इसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु हुँदै छन् ।
नेकपामा तोकिए सात प्रदेशका संयोजक
नेकपामा तोकिए सात प्रदेशका संयोजक नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ ।
ठूलो आवाज निकाल्ने ३ सय ४२ मोटरसाईकल कारवाहीमा
ठूलो आवाज निकाल्ने ३ सय ४२ मोटरसाईकल कारवाहीमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारवाही गर्न थालेको छ । महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ।
Weather Update