Shittalpati
माधव नेपाल अध्यक्ष बन्ने

काठमाडौँ । माधव कुमार नेपाल नेकपाको पार्टी अध्यक्ष बन्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्व समूहको केन्द्रीय कमिटीको बैठकले नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरी हटाउने निर्णय गरेसँगै नेपाल अध्यक्ष बन्ने भएका हुन् ।

दाहाल– नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा नेपालको नाम पारित गरेको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए । बैठकले ओलीलाई कारवाही गरी अध्यक्षबाट हटाउने निर्णय गरे लगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update