Shittalpati
एशियन लाईफले दियो मृतकका  परिवारलाई मृत्युदावी बापतको रकम

गुल्मी । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले मृत्युु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको गुल्मी तम्घासस्थित उपशाखाले मालिका गाउँपालिका–६ छापहिलेकी मिना अर्यालको परिवारलाई मृत्यु दावी बापतको रकम भुक्तानी गरेको हो । उपशाखाले एक कार्यक्रमको आयोजना गरी मृतकको श्रीमान चुरामणी अर्याललाई एक लाख तीन हजार ५ सय ४३ रुपैँया बराबरको चेक हस्तान्तरण गरेको छ । मृतक अर्यालले २०७६ वैशाखमा १५ वर्षका लागि एक लाख बिमाड्ढ बराबरको आजिवन बिमा गरेकी थिइन् । पहिलो किस्ता बापतको ८ हजार आठ सय ५७ रुपैयाँ समेत जम्मा गरेकी थिइन् । तर दोस्रो किस्ता जम्मा गर्न नपाउँदै अर्यालको २०७७ वैशाखमा क्यान्सर रोगका कारण ३७ वर्षको अल्पायुमै मृत्यु भएको थियो ।

उपशाखाको कार्यालय तम्घासमा उपशाखा प्रमुख राजन केसीले अर्यालका श्रीमान चुरामणी अर्याललाई मृत्युदावी भुक्तानी बापतको चेक हस्तान्तरण गरेका थिए । उक्त रकम हस्तान्तरण गर्दै प्रमुख केसीले सानो रकम भएपनि मृतका परिवारलाई केही राहत पुग्नेमा विश्वास व्यक्त गरे । उनले जोखिम वहन गर्न बिमाले महत्वपूर्ण टेवा पुग्ने भएकाले बिमा गर्न सबैलाई आग्रह समेत गरेका छन् । रकम ग्रहण गर्दै मृतका श्रीमान् चुरामणीले दुःखका बेलामा पनि कम्पनीले आफुहरुप्रति देखाएको सहयोग र सद्भाव प्रसंसनिय रहेको भन्दै कम्पनीलाई धन्यवाद दिए । जिल्लामा २०६६ सालदेखि कम्पनीले बिमा क्षेत्रमा सेवा दिँदै आएको छ । यस कम्पनीमा हालसम्म जिल्लामा मात्र ५ सय सक्रिय अभिकर्ता रहेका छन् । कम्पनीको २०७७ साल असोज मसान्तसम्म २३ अर्ब ६ करोड रुपैयाँको जीवन बिमा कोष रहेको जनाइएको छ । त्यस्तै सोही अवधिसम्ममा २४ अर्ब १६ करोड रुपैयाँ लगानी तथा कर्जामा रहेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल २ अर्ब ३२ करोड बिमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीले हाल ३९ वटा शाखा र १०१ वटा उपशाखाबाट सेवा दिँदै आइरहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update