लुम्बिनी प्रदेशसभालाई प्रमको सम्बोधन
मंगलबार, फागुन ६, २०८१

सहकारी संस्थाको आयोजनामा कृषि मेला
मंगलबार, फागुन ६, २०८१
तानसेन वडा–९को मदनपोखरा संगम बहुउदेश्यीय सहकारी संस्था लि.ले पहिलो पटक प्रर्वद्धनात्मक कृिष मेला गरेर नयाँ आयम थपेको छ । पाल्पा रुपन्देही, कपिलबस्तु र नवलपरासी र भारतको गोरखपुर सम्म पाल्पाको मदनपोखरा तरकारी उत्पादन र बजारीकरणमा धेरै वर्ष पहिलादेखि प्रख्यात छ ।

जलवायु परिवर्तनको बढी असर महिलालाई
मंगलबार, फागुन ६, २०८१
सरोकारवालाहरुले जलवायु परिवर्तनले पारेको प्रभावको मुख्य असर महिलामा परेको भन्दै उनीहरुलाई जलवायुको असरबाट बच्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

संस्कार र कार्यशैली
मंगलबार, फागुन ६, २०८१
राजनैतिक चरित्रमा देखा परेका अध्यारा वादलहरुका कारण मुलुकले प्राप्त लोकतन्त्रलाई जोगाउँन हम्मे–हम्मे भएको छ अहिले । नेपालको राजनैतिक पुष्ठभूमिमा देखा परेका अनेकन समस्याहरुका कारण पनि अहिले देशले प्राप्त लोकतन्त्र र जनताका आधारभूत मूल्य र मान्यतामा आधारित कार्यलाई बढावा दिन सकेको पाईदैन् । समस्यै समस्याको जटिल अवस्थाबाट अगाडि बढेको मूलकले पछिल्लो...

अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली शुरु
सोमबार, फागुन ५, २०८१
गुल्मी अस्पताल तम्घासमा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा पहिलो पटक यो सातादेखि विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरियो । सो प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले एक समारोह बीच गरेका हुन ।

नेप्से परिसूचकमा २९ दशमलव ८७ अङ्कको वृद्धि
सोमबार, फागुन ५, २०८१
यो साता कारोबारको लगातार दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । सोमबार नेप्से २९ दशमलव ८७ अंकले बढेर दुई हजार सात सय २७ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो ।

कुम्भ स्नानबाट फर्किंदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु
सोमबार, फागुन ५, २०८१
रूपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेले...

गुल्मीमा डोजरले फालेको ढुंगा लागेर एक विद्यार्थीको मृत्यु
आइतबार, फागुन ४, २०८१
गुल्मीमा डोजरले फालेको ढुंगाले लागेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका–२ छल्दीटारामा जेसीबीले बाटो खन्ने क्रममा खसालेको ढुंगाले लागेर स्कूल जाँदै गरेकी ८ वर्षीया विष्णु कुमालको मृत्यु भएको हो ।

सरकारको बजेट खर्च सुस्त, सात महिनामा ४० प्रतिशत मात्रै
आइतबार, फागुन ४, २०८१
सरकारले विकास निर्माणका आयोजनालाई गति दिन नसक्दा बजेट खर्चको अवस्था पनि दयनीय रहेको पाइएको छ । सरकारले चालु आर्थिक वर्ष सकिन ५ महिना मात्र बाँकी रहेका बेला न्यून बजेट खर्च गरेको हो ।

रम्भाको फोक्सिङ्गकोटमा पर्यटन प्रवद्र्धनको लागि ‘होमस्टे’
आइतबार, फागुन ४, २०८१
जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोट गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको पहलमा स्थानीयले रानीबास सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् ।