पाल्पा, नेकपा एमाले पाल्पा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यलाई पितृशोक परेको छ । उनका पिता दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
स्वर्गीय आचार्यको अन्तिम संस्कार कालीगण्डकी नदीस्थित रामनदीधाममा गरिने पारिवारिक स्रोतले जनाएको छ । उम्मेदवार आचार्य आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त रहेकै समयमा पिता आचार्य निधन भएको हो । स्वर्गीय आचार्यका चार छोरा र ३ छोरी छन् ।
एमालेका उम्मेदवार आचार्यका बुवाको निधनप्रति सोही क्षेत्रका नेपाली काङ्ग्रेसका उम्मेदवार सन्दीप रानाले दुख व्यक्त गरेका छन् । रानाले सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गर्दै पुज्य बुवाको पुण्यात्माले चिर शान्ति प्राप्त गरुन् भन्ने कामना गरेका छन् ।
रानाले शोकसन्तब्ध सम्पुर्ण परिवारजनमा गहिरो समबेदना व्यक्त गरे । साथै, आइतबार दिउँसो बेझाड बजारमा हुने चुनाबी प्रचार सभा तथा घरदैलो कार्यक्रम समेत स्थगित गरिएको पनि उनले बताएका छन् ।


