Shittalpati
मन्दिर परिषरमा मदिरा !
मन्दिर परिषरमा मदिरा ! जिल्लाको तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिर परिषरमा मदिरा प्रदर्शनमा राखिएको पाइएको छ । भगवानको पुजा आरधना गर्ने पवित्र स्थान जस्तो मन्दिरमा खुलमखुला मदिरा प्रदर्शन गरिएको पाइएको हो ।
स्वास्थ्य शिविरबाट ८०० जनाले सेवा लिए
स्वास्थ्य शिविरबाट ८०० जनाले सेवा लिए इस्मा गाउँपालिका–६ अमरपुरमा विशेषज्ञ चिकित्सकसहित सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ८०० भन्दा बढी बिरामीले सेवा लिएका छन् । संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमको परिवारद्वारा स्थापना गरिएको ‘हिमा स्मृति कोष’को आयोजनामा इस्माको अमरपुर स्वास्थ्य चौकीमा दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
योग्य गभर्नर ल्याउँछौ : अर्थमन्त्री पौडेल
योग्य गभर्नर ल्याउँछौ : अर्थमन्त्री पौडेल उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर योग्य र सक्षम पात्रलाई नियुक्त गर्ने तयारी सरकारले गरिरहेको बताएका छन् । शनिबार नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले छिट्टै नै योग्य  र सक्षम नियुक्त गर्न लागेको बताएका हुन् । पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ...
समृद्धि र विकासको यात्रा रोकिँदैन : प्रधानमन्त्री ओली
समृद्धि र विकासको यात्रा रोकिँदैन : प्रधानमन्त्री ओली प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने प्रयास सफल नहुने बताएका छन्।
मानव अन्तरिक्ष विमान दिवस मनाइँदै
मानव अन्तरिक्ष विमान दिवस मनाइँदै आज अप्रिल १२ अर्थात् अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी  मनाइँदै छ । अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएको दिनको सम्झनामा अप्रिल १२ मा यो दिवस मनाउँदै आइएको हो ।
आज हनुमान जयन्ती मनाइँदै
आज हनुमान जयन्ती मनाइँदै हनुमानको आज जन्मजयन्ती मनाइँदैछ । चैत्र शुक्ल पूर्णिमाका दिन हरेक वर्ष रामदूत हनुमानको जन्मजयन्ती मनाउने गरिन्छ । सनातन धर्मका अनुयायीले यो मनाउने गर्छन् ।
मानव अन्तरिक्ष विमान दिवस र यसको सार्थकता
मानव अन्तरिक्ष विमान दिवस र यसको सार्थकता नेपाल सहित विश्वभर आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइँदै छ । अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएका थिए । यही दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो । त्यो सुखद्...
सिद्धाबाबा क्षेत्रमा गुडिरहेको कारमा पहिरो खस्दा एक जना घाइते
सिद्धाबाबा क्षेत्रमा गुडिरहेको कारमा पहिरो खस्दा एक जना घाइते सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा क्षेत्रमा गुडिरहेको कारमा पहिरो खस्दा एक जना घाइते भएका छन् । आज विहान जिल्लाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सद्धबाबा क्षेत्रमा बुटवलबाट पाल्पा आउँदै गरेको लुम्बिनी प्रदेशको ०१–०० १ ज ०२७६ नम्बरको कारमा सडकमाथिबाट खसेको ढुङ्गासहितको पहिरोले लागेर कारमा सवार एक जना घाइते भएका हुन् ।
जनप्रतिनिधिको विकासमा ध्यान गयो तर कानुन कार्यान्वयनमा चासो भएन : सभामुख घर्ती 
जनप्रतिनिधिको विकासमा ध्यान गयो तर कानुन कार्यान्वयनमा चासो भएन : सभामुख घर्ती  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले  विकास निर्माणमा जनप्रतिनिधिको ध्यान गएको तर कानुुन कार्यान्वयनमा  चासो नदिएको बताएका छन् ।
हावाहुरीको वितण्डा
हावाहुरीको वितण्डा बुधबार साँझदेखि पानीसहित आएको हावाहुरीले पाल्पा, गुल्मी, अर्घाखँची लगायतका जिल्लाहरुमा वितण्ड मच्याएको छ । हावाहुरीका कारण मेला महोत्सव, घर, होटल, विद्यालय, मन्दिरलगायत संरचनाका छाना उड्नुका साथै पशुचौपायका खोर, गोठ समेत क्षतिग्रस्त भएका छन् ।
Weather Update