बुबाको हत्या
सोमबार, साउन १२, २०७७
यात्रु नहुँदा पर्याप्त गाडी गुडेनन्
सोमबार, साउन १२, २०७७
जिल्लामा साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालनमा त आए, तर, यात्रु नपाउँदा व्यावसायीले बिचमै सेवा रोकेर गाडी नै ग्यारेजमा थन्काउनु परेको छ । कोरोना संक्रमणको चार महिने लकडाउनपछि सार्वजनिक यातायात चल्न थालेपनि ती सवारीले पर्याप्त यात्रु पाउन सकेनन् ।

सवारी दुर्घटनामा एकको मृत्यु
आइतबार, साउन ११, २०७७
सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । रुपन्देहीको सैनामैनामा आईतबार भ्यान र ट्रक एक आपसमा ठोकिदाँ प्युठान स्वर्गद्वारी नगरपालिका ६ बस्ने ४० वर्षीय होमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा लडेर एक युवतीको मृत्यु
आइतबार, साउन ११, २०७७
जयपृथ्वी नगरपालिका– १ भण्डाराकी २६ वर्षीया शर्मिला विष्टको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ ।

दुर्लभ प्रजातिको अजिङ्गर फेला
शुक्रबार, साउन ९, २०७७
स्याङ्जाको चापाकोट नगरपालिका १० मा दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । किसान भन्ने ठाउँमा फलेदाका रुखमा उक्त अजिङ्गर देखेपछि खेतमा पानी लगाउन गएका स्थानीयवासीले देखेर डिभिजन वन कार्यालय स्याङ्जा तथा चापाकोट प्रहरीचौकीमा खबर गरेका थिए ।

ट्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु
शुक्रबार, साउन ९, २०७७
स्याङ्जाको कालिगण्डकी गाउँपालिका-१ मा ट्यााक्टरको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । वडा १ को ठाटि भञ्ज्याङमा रोकि राखेको ट्याक्टर अचानक गुड्न गई स्थानीय ७७ वर्षिय कृष्ण कुमारी रेश्मीलाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट घाइते भएकी रेश्मीलाई उपचारका लागि तानसेन स्थित मिसन अस्पतालमा ल्याइदै गर्दा ज्यान गएको पारिवारीक स्रोतले...

पहिरोले घर पुर्दा एक महिलाको मृत्यु
बुधबार, साउन ७, २०७७
गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुर्दा गल्याङ नगरपालिका– १० सिमलसौँराकी ५२ वर्षीया माया सारु (यामकुमारी)को मृत्यु भएको छ ।

आगामी २४ घण्टा मुलुकभर नै वर्षा
सोमबार, साउन ५, २०७७
मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए ।

अवरुद्ध तानसेन–बुटवल सडक खुल्यो
सोमबार, साउन ५, २०७७
सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकैको सडक पहिरो हटाएसँगै सुचारु भएको छ । अविरल वर्षाका कारण आईतबार साँझा ८ः१५ मा खसेको पहिरोले अवरुद्ध बनेको सडक सोमबार विहान ११ः२० मा खुलेको हो ।

अवरुद्ध तानसेन–बुटवल सडक खण्ड खुल्यो
आइतबार, साउन ४, २०७७
पहिरोका कारण अवरुद्ध तानसेन–बुटवल सडक खण्डा खुलेको छ । अविरल वर्षका कारण पहिरो जाँदा शनिबार विहानदेखि अवरुद्ध तानसेन नगरपालिका–८, गौडेपुल नजिकै सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको पहिरो हटाएपछि सडक खुलेको हो । सडकदेखि माथिबाट ठूला ढुङ्गा सहित खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।

तानसेन–बुटवल सडक पुनःअवरुद्ध, खुल्न केही दिन लाग्ने
शनिबार, साउन ३, २०७७
सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुनःपहिरो खसेको छ । शुक्रबाररातिदेखि सडक माथिबाट खसेको पहिरोका कारण बिहानैदेखि यातायात अवरुद्ध भएको छ, भने नालीमा रहेको ट्रक समेत पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक पुरिए पनि मानविय क्षति भने भएको छैन ।

पहिरो खस्दा तानसेन–बुटवल सडक पुनःअवरुद्ध, ट्रक समेत पुरियो
शनिबार, साउन ३, २०७७
सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुन ःपहिरो खसेको छ । गएरातिदेखि सडक माथिबाट खसेको पहिरोका कारण बिहानैदेखि यातायात अवरुद्ध भएको छ, भने नालीमा रहेको ट्रक समेत पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अवरुद्ध तानसेन–बुटबल सडक खुल्यो
शुक्रबार, साउन २, २०७७
शुक्रबार विहानदेखि अवरुद्ध तानसेन–बुटवल सडक खण्ड खुलेको छ । विहीबार रातभर आएको अविरल वर्षका कारण सडक माथि देखि खसेको पहिरोका कारण् अवरुद्ध बनेको सडक ९ घण्टापछि खुलेको हो ।