Shittalpati
चरेससहित दुई जना पक्राउ
चरेससहित दुई जना पक्राउ लागूऔषध चरेससहित रुपन्देहीमा दुई जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका १४ तामनगरको हरियाली टोलबाट साढे २२ किलो चरेस सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहहरुमा गुल्मीको मदाने गाउँपालिका–७ घर भई हाल बुटवल १२ बस्ने २९ वर्षका मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउँपालिका ८ का ३५ वर्षका...
क्वारेन्टाइनमा रहेका युवकको मृत्यु
क्वारेन्टाइनमा रहेका युवकको मृत्यु क्वारेन्टाइनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका उनको सोमबार बिहान मृत्यु...
विदेशमा थप १३ नेपालीको मृत्यु
विदेशमा थप १३ नेपालीको मृत्यु कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र...
गुल्मी पहिरो प्रभावितलाई पुनर्वासको व्यवस्था गर्न काँग्रेसको आग्रह
गुल्मी पहिरो प्रभावितलाई पुनर्वासको व्यवस्था गर्न काँग्रेसको आग्रह पहिरो प्रभावितलाई पुनर्वासको व्यवस्था गर्न नेपाली काँग्रेस गुल्मीले सरकारलाई आग्रह गरेको छ । अविरल वर्षका कारण गत विहिबार राती गएको पहिरोले प्रभावित इस्मा गाउँपालिका १ जुकेपानी, तोरिखर्क र मल्दीका पहिरो प्रभावितहरुलाई तत्काल पुनर्वासको व्यवस्था गर्न काँग्रेसले सरकारसँग आग्रह गरेको हो । पहिरोले पुरिएर १८ वर्षका बच्चा सहित दुई जनाको मृत्यु...
प्रदेश पाँचमा बाढीपहिरोको असर
प्रदेश पाँचमा बाढीपहिरोको असर वर्षासँगै आएको बाढी र पहिरोले प्रदेश पाँचका विभिन्न जिल्लामा असर पुर्‍याएको छ । पहाडी जिल्लामा बाढी र पहिरो तथा तराईका जिल्लामा बाढीले असर गरेको छ । रुपन्देहीको कञ्चन नदीमा आएको बाढीले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । कञ्चन गाउँपालिका –४ स्थित भैरवघाटको नदीमा पौडी खेल्न गएका बेला बाढीले बगाएर...
गुल्मी पहिरो अपडेट : १८ महिने बच्चा सहित दुईको मृत्यु, पाँच घाइते
गुल्मी पहिरो अपडेट : १८ महिने बच्चा सहित दुईको मृत्यु, पाँच घाइते जिल्लाको इस्मा गाउँपालिका १ मल्दीमा विहिबार राती परेको अविरल वर्षका कारण गएको पहिरोमा पुरी १८ महिने बच्चा सहित दुई जनाको ज्यान गएको छ, भने पाँच जना घाइते भएका छन् । घर माथिबाट खसेको पहिरोले पुरिएर १८ महिने सुजन सारु र ७ वर्षकी अपिच्छा खत्रीको मृत्यु भएको वडा सदस्य तथा उद्धारमा...
गुल्मीमा पहिरोले पुरिदा १८ महिने बच्चा सहित दुईको मृत्यु,एकको उद्धार
गुल्मीमा पहिरोले पुरिदा १८ महिने बच्चा सहित दुईको मृत्यु,एकको उद्धार गुल्मी जिल्लाको इस्मा गाउँपालिका १ मल्दीमा गएर राती परेको अविरल वर्षका कारण गएको पहिरोमा पुरी १८ महिने बच्चा सहित दुई जनाको ज्यान गएको छ । घर माथिबाट खसेको पहिरोले पुरिएर बसन्त सारुका १८ महिने छोरा सुजन सारु र ईश्वरा खत्रीकी ७ वर्षकी छोरी अपिच्छा खत्रीको मृत्यु भएको वडा सदस्य तथा...
त्रिशूलीमा खस्यो जीप
त्रिशूलीमा खस्यो जीप पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिए । स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा...
छतबाट खसेर बालकको मृत्यु
छतबाट खसेर बालकको मृत्यु आफ्नै घरको छतबाट खसी बालकको मृत्यु भएको छ । सोमबार विहान रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका १ शिवलहवा बस्ने ओम प्रकाश यादवको छोरा ४ वर्षका बालकको छतबाट खसेर मृत्यु भएको हो ।
खोलामा खसेका युवकको शव फेला
खोलामा खसेका युवकको शव फेला वालिङ नगरपालिका –५लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा खसेर गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ । अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमाईंको शव वालिङ–६ ढलेको स्वामीस्थित खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । ती युवक...
पाल्पामा सडक अवरुद्ध
पाल्पामा सडक अवरुद्ध अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजिकै पहिरो खस्दा आज सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजीकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।
क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु
क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।
Weather Update