कोरानासँगै प्रकृतिको बज्रपात
बुधबार, साउन २८, २०७७

पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते
बुधबार, साउन २८, २०७७
जिल्लाको निस्दी गाउँपालिका –५ गल्धाको पटकसरमा लु १ ज २८८७ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार साझा निस्दीको ज्यामिरेबाट गल्धातर्फ आइरहेको जिप अनियन्त्रित भई दुर्घटना हँदा निस्दी ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र वडा नं ४ मित्याल काफलका विष्णु माया सारु कालुङको...

शव फालेको अभियोगमा पक्राउ आमाछोरी सार्वजनिक
मंगलबार, साउन २७, २०७७
स्थानीय गोङ्गबुस्थित एक होटलमा बस्दै आएका एक जनाको हत्या गरी टाउकोविनाको शव सुटकेसमा हालेर फालेको अभियोगमा आमाछोरीलाई आज प्रहरीले सार्वजनिक गरेको छ । रोल्पा रुन्टीगढी गाउँपालिका–७ का ४५ वर्षीय कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका–१० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिका–की ३७ वर्षीया कल्पना (मुडभरी पौडेल) र निजकी १५...

जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
आइतबार, साउन २५, २०७७
भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति बा १९ च ३३८४ नंको जिप र बा ६६प २८१० नंको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त...

गुल्मीमा चट्याङले लागेर एक पुरुषको मृत्यु
आइतबार, साउन २५, २०७७
जिल्लामा चट्याङ लागेर एक जना पुरुषको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नं. १ अग्लुङ्गका ३९ वर्षका कमल भण्डारीको शनिबार राती चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार दुर्घटनामा तीन जनाको मृत्यु
शनिबार, साउन २४, २०७७
रुपन्देहीमा कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका–४ छिपागढमा लु२च ६७५६ नं को कार दुर्घटना हुँदा रुपन्देही ओमसतिया गाउँपालिकाका–४ का २६ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका...

गुल्मीमा बेपत्ता पुरुष मृत भेटिए
शुक्रबार, साउन २३, २०७७
जिल्लामा एक बेपत्ता पुरुष मृत अवस्थामा फेला परेका छन् । कालिगण्डी गाउँपालिका वडा नम्बर–४ निवासी ५६ वर्षीय बेगबहादुर क्षेत्री मृत अवस्थामा फेला परेका हुन् ।

पहिरोमा पुरिएर आमाछोराको मृत्यु
शुक्रबार, साउन २३, २०७७
बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

बाँसटारी–दुम्कीबास सडक कालोपत्र हुने
शुक्रबार, साउन २३, २०७७
जिल्लाको बाँसटारी–झडेवा–रहबास–दुम्कीबास जोड्ने सडक खण्ड कालोपत्र हुने भएको छ । तानसेन नगरपालिका र माथागढी गाउँपालिकाको सीमाना सराईदेखि दुम्कीबाससम्म जोड्ने सडक यस बर्ष कालोपत्र हुने भएको हो ।

प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा ६ को मृत्यु
बिहीबार, साउन २२, २०७७
प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । प्रदेश पाँचको नवलपरासी, रुपन्देही, दाङ, पाल्पा र रोल्पामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको हो । नवलपरासी सुनवल नगरपालिका १३ मा तेजाब सेवनबाट एक पुरुषको मृत्यु भएको छ ।

सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइए
बुधबार, साउन २१, २०७७
बुटवल उपमहानगरपालिकामा सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइएको छ । वडा नं ९ र ११ मा पर्ने कालिका पथलाई ८२ फुटको बनाउने क्रममा सडक क्षेत्र मिचेर बनाइएका घर डोजर लगाएर भत्काइएको हो ।

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
मंगलबार, साउन २०, २०७७
बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लु २१ प ३८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको सोमबार राति मृत्यु भएको हो ।

घुस लिएको अभियोगमा राजश्व अधिकृत पक्राउ
मंगलबार, साउन २०, २०७७
आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नियन्त्रणमा लिएको छ । बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत दुई लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई मंगलबार आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए ।