आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
बिहीबार, जेठ १५, २०८२
सुनको मूल्य तोलामा पाँच हजारले वृद्धि
बुधबार, जेठ ७, २०८२
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ र विगत तीन दिनदेखि स्थिर रहेको पहेँलो धातुको मोल आज तोलामा रु पाँच हजारले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ५० ले बढेको छ ।
राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त
मंगलबार, जेठ ६, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् ।
गुल्मीका स्थानीय तहको बेरुजुु १५ करोड ७४ लाख
मंगलबार, जेठ ६, २०८२
गुल्मीका स्थानीय तहको बेरुजु १५ करोड ७४ लाख बढी देखिएको छ । महालेखा परीक्षकको ६२ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब २१ करोड ४५ लाख ६ हजार लेखापरीक्षण भएकोमा १५ करोड ७४ लाख ६४ हजार बेरुजुु देखिएको हो ।
नेप्से परिसूचक १९:३० अङ्कले बढ्यो, सात अर्बभन्दा बढीको कारोबार
सोमबार, जेठ ५, २०८२
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १९ दशमलव ३० अङ्क अर्थात् ०:७४ प्रतिशतले बढेर दुई हजार ६२८ दशमलव ३६ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता शेयर रु सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ दशमलव १८...
पाल्पाका स्थानीय तहको बेरुजुमा सुधार, अझै २० करोड ३८ लाख बेरुजु
सोमबार, जेठ ५, २०८२
पाल्पाका स्थानीय तहमा बेरुजुको अवस्था सामान्य सुधार भएको देखिएको छ । महालेखा परीक्षकको ६२ औं प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा २०८०/८१ मा बेरुजुको अवस्थामा सामान्य सुधार देखिएको हो ।
नेप्से लगातार पाचौँ दिन पनि घट्यो
बिहीबार, जेठ १, २०८२
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्लो पाँच कारोबार दिन पनि लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक विहीबार आठ दशमलव ४१ अङ्कले घटेर दुई हजार ६ सय ११ दशमलव ८५ को विन्दुमा कायम भएको हो ।
तोलामा तीन हजार पाँच सयले घट्यो सुन
बिहीबार, जेठ १, २०८२
बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला रु ३५ ले गिरावट भएको छ ।
पाल्पा रारा सहकारीद्वारा महिला उद्यमीलाई अभिमुखीकरण
शुक्रबार, वैशाख २६, २०८२
जिल्लाको तानसेनमा सञ्चालित पाल्पा रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिला उद्यमीहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका महिला सदस्यहरुलाई समुहगत रुपमा लगानी गर्दै आएको सहकारीले शुक्रबार तानसेनमा अभिमुखीकरण कार्यक्रम गरेको हो ।
यातायात कार्यालय पाल्पामा राजस्व संकलन बढ्यो
सोमबार, वैशाख १५, २०८२
गत वर्षको तुलनामा चालू आर्थिक २०८१/०८२ मा यातायात व्यवस्था सेवा कार्यालय, पाल्पाको राजस्व संकलनमा वृद्धि भएको छ । चालक अनुमति पत्र र सवारी साधनमा बृद्धि भएसँगै चालू आर्थिक बर्षको नौ महिनामा राजस्व संकलनमा वृद्धि भएको हो ।
बन्द हुँदै एमसीसी परियोजना
बिहीबार, वैशाख ११, २०८२
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना बन्द गर्ने भएको छ । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको एमसीसीलाई एलन मस्कको सरकारी कार्यक्षमता विभाग (डोज) ले बन्द गर्ने भएको हो ।
नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो
शनिबार, वैशाख ६, २०८२
सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को चैत मसान्तसम्म साढे तीन खर्बभन्दा बढी ऋण उठाएको छ भने साढे दुई खर्बभन्दा बढी साँवा–ब्याज तिरेको छ ।
लुम्बिनी प्रदेशको बजेट खर्च : नौ महिनामा झण्डै ४० प्रतिशत
शनिबार, वैशाख ६, २०८२
लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको ९ महिनामा झन्डै ४० प्रतिशत बजेट खर्च गरेको छ । उसले चालु आर्थिक वर्षको चैत मसान्तसम्म पुँजीगत र चालू गरी ३९ दशमलव ७४ प्रतिशत बजेट खर्च गरेको हो ।


-1762576335.jpg)