Shittalpati
सुनको भाउ बढेको बढ्यै, यस्तो छ  कारण

पाल्पा, पछिल्ला केही दिन यता स्थानीय बजारमा  सुनको मूल्य बढेको बढ्यै छ । डलरमा आएको गिरावटका कारण सुनको भाउ दैनिक रुपमा बढेको अनुमान गरिएको छ ।

बुधबार पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  एक तोला छापावाल सुनको मूल्य  तीन लाख १८ हजार ८ सय त्यति नै चाँदीको मूल्य  सात हजार ३ सय  कायम भएको छ । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य  तीन लाख नौ हजार ३ सय कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार  अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २ सय र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सुनको मुल्यमा देखिएको यस्तो वृद्धीको कारण के हो ?

ट्रेडिङ इकोनोमिक्स डटकमले पछिल्लो एक महिनामा विश्व बजारमा अमेरिकी डलर निरन्तर कमजोर भएको र सुनको मूल्य निरन्तर उकालो लागिरहेको जनाएको छ । जसअनुसार १६ जनवरी २०२६ मा प्रतिऔंस ४ हजार ४ सय ४८ डलर रहेको सुनको मूल्य सोमबार साँझ (नेपाली समय) २६ जनवरी २०२६ मा ५ हजार ७७ डलर पुगेको छ । यसरी सुनको मूल्य निरन्तर उकालो लाग्नुको कारण डलरमा आएको गिरावट पनि हो । जसअनुसार पछिल्लो एक महिनाको तथ्यांक हेर्दा पछिल्लो दस दिनमा विश्व बजारमा डलर सूचकांक लगातार घटिरहेको छ । १९ जनवरी २०२६ मा ९९.३७ रहेको डलर सूचकांक सोमबार साँझ (नेपाली समय) २६ जनवरी २०२६ सम्म ९७ मा ओर्लेको छ । यसले पनि विश्व बजारमा डलरमा लगानीकर्ताको आकर्षण घटेको र सुनमा बढेको पुष्टि हुन्छ ।

विश्व बजारमै सुनको मूल्य बढेकाले घरेलु बजारमा पनि सुनको भाउ निरन्तर अकासिएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update