Shittalpati
कोरियाबाट फर्केकालाई सहुलियत कर्जा
कोरियाबाट फर्केकालाई सहुलियत कर्जा ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएकाहरुका लागि स्वदेशमा व्यवसाय तथा रोजगारी सिर्जना गर्न उत्प्रेरित गर्ने उद्देश्यले बैंकले सहुलियत कर्जा उपलब्ध गराउने भएको हो ।
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले नीति पारित गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड राष्ट्रिय वाणिज्य बैंकले ग्राहकहरुको चाहना र बढ्दो जोखिमलाई न्यूनिकरण गर्न क्रेडिट कार्ड सेवाको ल्याएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।
व्यवसायी कक्षपतिको निधन
व्यवसायी कक्षपतिको निधन पर्यटन व्यवसायी श्याम कक्षपतिको निधन भएको छ । बैंककको एक अस्पतालमा उपचारका क्रममा उनको सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
किसानलाई अनुदान रकम वितरण
किसानलाई अनुदान रकम वितरण गल्याङ नगरपालिकाले किसानलाई अनुदान रकम वितरण गरेको छ । नगरपालिका २ नम्बर वडाको बटुवाका किसानलाई १९ लाख ५ सय ७५ अनुदानस्वरुप वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले किसानलाई दूधमा प्रति लिटर १५ अनुदान दिएको छ भने गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रम अन्तर्गत पनि अनुदान वितरण गरेको छ ।
एसइई अफर सार्वजनिक
एसइई अफर सार्वजनिक नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो ।
प्रभुको मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने
प्रभुको मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने प्रभु बैंक लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नगद जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै भौतिक रुपमै उपस्थिति हुनु पर्ने बाध्यताको अन्त्य गर्दै यो सेवा सञ्चालनमा ल्याएको हो । क्यास रिसाइकल मेसिनबाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ...
काँग्रेस पाल्पाले दियो कुंसरेका विपन्न परिवारलाई राहत सामग्री
काँग्रेस पाल्पाले दियो कुंसरेका विपन्न परिवारलाई राहत सामग्री नेपाली काँग्रेस पाल्पाले तानसेन नगरपालिका ६ कुंसरेका विपन्न परिवारलाई राहत सामग्री दिएको छ । काँग्रेसले कोभिडका कारण प्रभावित बनेका यहाँका १० घर परिवारलाई राहत स्वरुप खाद्यान्न दिएको हो ।
एक अर्ब ६५ करोडको डाइपर आयात
एक अर्ब ६५ करोडको डाइपर आयात गत आर्थिक वर्षमा नेपालले रु एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ । सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाख थान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ ।
लायन्स क्लव पाल्पा भैरवले दियो आश्रमका असहाय र जेष्ठ नागरिकलाई खाद्यान्न
लायन्स क्लव पाल्पा भैरवले दियो आश्रमका असहाय र जेष्ठ नागरिकलाई खाद्यान्न जिल्लामा क्रियाशिल रहेको लायन्स क्लव पाल्पा भैरवले तानसेनको निल सागर सेवा आश्रममा रहेका असहाय र जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेको छ । कोभिडबाट प्रभावित रहेका असायह र जेष्ठ नागरिकहरुका लागि क्लवले खाद्यान्न सहयोग गरेको हो ।
रिडीमा बजार अनुगमन, २७ हजारको सुर्तीजन्य पदार्थ बरामद
रिडीमा बजार अनुगमन, २७ हजारको सुर्तीजन्य पदार्थ बरामद जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको मुख्य बजार रहेको रिडी बजारमा पसहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा यहाँका पसलहरुको अनुगमन गरिएको हो ।
कालीगण्डकीका बाख्रापालक कृषकलाई अनुदान
कालीगण्डकीका बाख्रापालक कृषकलाई अनुदान जिल्लाको कालीगण्डकी गाउँपालिकाका भित्र रहेका बाख्रापालक कृषकहरुलाई अनुदान दिइएको छ । रोड करिडोर बाख्रा पालन समूहमा आवद्ध बाख्रापालक कृषकहरुलाई अनुदान दिइएको हो ।
Weather Update