Shittalpati
क्यान्सर पीडितको उपचारमा आर्थिक सहयोग

रामपुर, ब्लड क्यान्सर रोगले पीडित सात वर्षीय बालक अंकीत रानाको उपचारमा पन्ध्र लाख बढी रकम जुटेको छ । रामपुर नगरपालिका– ५ रानाटोल बस्ने क्यान्सरपीडित रानाको उपचारमा सहयोगार्थ अंकीत राना बचाउ अभियानमार्फत सो रकम जुटेको हो ।
हालसम्म पन्ध्र लाख ८७ हजार २ सय ४९ संकलन गरी परिवारलाई हस्तान्तरण गरिएको अभियानका संयोजक रामबहादुर रानाले बताए । उनका अनुसार अझैपनि देश तथा विदेशमा बस्ने व्यक्तिबाट सहयोग रकम आउने क्रम जारी छ । उनले भने,‘परिवारको आर्थिक अवस्था नाजुक हुँदा उपचारमा समस्या परेपछि सहयोग रकम उठाउन थालियो, लामो समयसम्म अस्पतालको बसाइँ पश्चात अहिले बालक घर आएका छन्, रोग पनि निको हुँदै गएको छ ।’ भुपू सैनिक राईजिङ इ·लिस बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत रानाको उपचारमा सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति, संघसंस्थाबाट सहयोग रकम प्राप्त भइरहेको छ । बालक रानाको बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचार भइरहेको छ । सहयोग गर्न चहाने व्यक्तिले बालकका आमा लीला रानाको नाममा गरिमा विकास बैंक रामपुर शाखामा रहेको खाता नं. ००३०१३०००६५५५४०००००१ रकम जम्मा गरी सहयोग गरिदिनहुन सबैमा अपिल गरिएको छ । अस्पतालमा गत चैत २९ गतेदेखि पाँच महिना बढीको समय भर्ना गरी नियमित उपचार पाएपछि बालक रानाको रोग निको हँुदै गएको आमा लीला रानाले बताए । सबैको सहयोग र साथले छोराले नयाँ जीवन जिउन पाएको र उपचारमा आर्थिक सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । ब्लड क्यान्सर रोग देखिनु पन्ध्र दिनअघि देब्रे कान दुख्ने समस्या देखियो, त्यसपछि बिस्तारै दाहिने कान दुखेर सताउन थालेपछि रामपुर अस्पतालमा उपचारका निम्ति लगियो । रगत परीक्षणमा खराबी देखिएपछि थप उपचारका निम्ति बुटवलस्थित नर्सिङ होम हस्पिटलमा गत चैत २५ गते पु¥याइयो । उपचारको क्रममा नाक, मुखबाट रगत बग्न थालेपछि अस्पतालको सल्लाहअनुसार थप उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलमा गत चैत २९ गतेबाट भर्ना गरेर उपचार सुरु गरिएको हो । –रासस

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update