Shittalpati
सानिमा बैंकको ‘दशैं धमाका’

पाल्पा,  नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकका लागि ‘दशैं धमाका’ योजना ल्याएको गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुका लागि यो योजना ल्याएको हो ।

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्ने बैंकको भनाइ छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फस्ट कम फस्ट सर्भ’ को आधारमा छुट प्रदान गरिने छ । यो योजना यही असोज १० गतेदेखि असोज १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ । यस्तै सानिमाले दशैंको अवसरमा ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना समेत सार्वजनिक गरेको छ । आश्विन १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ ५ सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिनेछ भने खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिनेछ ।

यसका साथै बचत खातामा ५५ सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु.१० लाख सम्मको दुर्घटना बीमा, रु.३ लाख बराबरको घातक रोगको बीमा, रु.५० हजार बराबरको मेडिकल बीमा, वार्षिक रु.५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च रु.५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहक महानुभावहरुलाई प्रदान गरिने छ । बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update