Shittalpati
इन्भेष्टमेन्ट बैंकको सहकार्यमा ‘मोको’ बाट स्क्यान टु पे

पाल्पा, फोकसवान पेमेन्ट सोलुसन र भिसाले पहिलो पटक नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा ‘मोको’ बाट स्क्यान टु पे को नेपालमा सुरुवात गरेको छ । कम्पनीले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ यो सेवा शनिबारदेखि सुरू गरेको हो । मोकोमा प्रयोगकर्ताहरु सजिलै आफ्नो फोनमा भिसा कार्ड विवरण लिंक गर्न सक्छन् ।

फोकसवान पेमेन्ट सोलुसन, नेपाल राष्ट्र बैंकद्वारा लाईसेन्स प्राप्त एक भुक्तानी सेवा प्रदायक संस्था हो । जसले डिजिटल भुक्तानीमा विश्वव्यापी प्रख्यात भिसासँग साझेदारी गरेर ‘मोको’ डिजिटल वालेट अनलाइन भुक्तानीमा एक नयाँ परिवर्तन ल्याएको छ । जहाँ प्रयोगकर्ताहरु एक मर्चेन्टमा प्रदर्शित क्युआर कोड स्क्यान गरेर लेनदेनको लागि भुक्तानी शुरू गर्न सक्छन् । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरुले अब ‘मोको’ एपमा आफ्नो डेबिट वा क्रेडिट कार्डहरु लिंक गरी खरीद तथा विभिन्न सेवाहरु जस्तैः टेलिकम टप अप, इन्टरनेट र बिजुलीको बिल भुक्तानीको लागि प्रयोग गर्न सक्ने छन् । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक–पटक ब्यालेन्स लोड गरी रहन पर्दैन  ।

कम्पनीका अनुसार पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्ट्यान्डर्ड प्रोटोकलबाट मान्यता पाएकोले यो एप सुरक्षित छ । यो क्युआर भुक्तानीको प्रक्रियाबाट प्रयोगकर्ताहरुले एउटा मोबाइल एपको प्रयोगले नै क्युआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरुमा भुक्तानी गर्न सक्छन् । मोको प्रयोगकर्ताहरुले किनमेलको समयमा एपमा अपलोड गरिएको कुनै पनि भिसा कार्ड भुक्तानीका लागि छनौट गर्न सक्छन् । अन्तक्र्रिया सिस्टमयुक्त मोको धेरै बैंक कार्डहरुको लागि एकल डिजिटल एक एकल वालेटको रूपमा कार्य गर्दछ ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update