Shittalpati
८.६७ प्रतिशत लाभांश दिने कुमारी बैंकको घोषणा

पाल्पा, कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/०७८८ को मुनाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि समेत गरी २.६७ प्रतिशत नगद लाभांश गरेर कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को मुनाफबाट दोहोरो अंकमा लाभांश वितरण गरेको बैंकले गत आर्थिक वर्षको मुनाफबाट भने एकल अंकमा झरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंककको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । यस्तै बैंकले नेपालीहरुको महान चाडपर्व नजिकिएसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुट सम्बन्धी सम्झौता समेत गरेको छ । सम्झौताअनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा असोज १० गते देखी असोज १८ गतेसम्म सामानहरुको खरिदमा अग्रिम छुट प्राप्त गर्ने छन् ।

सो सम्झौताअनुरूप डेबिट कार्डको प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत अथवा २ हजार रुपैयाँसम्मको र क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत अथवा २५ सय रुपैयाँसम्मको छुट पाउने छन् । सहमतिपश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले दराज अनलाइन शपिङ्ग मार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरु झन्झटविना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्ने छन् । बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटीएम, ३२ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ ।

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update