Shittalpati
‘बचत गरौं, च्याम्पियन बनौं’ योजना

पाल्पा, ‘बचत गरौं, च्याम्पियन बनौं’ लक्ष्मी बैंकको एक योजना हो । बैंकले यो योजना विश्वकपलाई लक्षित गर्दै सार्वजनिक गरेको छ । फिफा विश्वकपको अवसरमा बैंकले बचतको महत्वलाई उजागर गर्न ‘सेभ लाइक अ च्याम्पियन (बचत गरौंं, च्याम्पियन बनौं)’ योजना ल्याएको हो ।

यो योजना २०२२ नोभेम्बर २० देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुनेछ । बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका यो योजना सार्जनिक गरेको जनाएको छ । यो विश्वव्यापी लोकप्रियता बोकेको प्रतियोगितालाई उत्सवको रुपमा मनाउन लागिएको बैंकले जनाएको छ ।

यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरूको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको छ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरूलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ प्याकेज (बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ्ग, इमेल समाधानहरू) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरू प्रदान गरिनेछ । बचत खाताका अफरहरूका साथै ग्राहकहरूले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्नेछन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update