Shittalpati
कृषि व्यवसाय प्रवद्र्धन गर्न ‘किसान कार्ड’

पाल्पा, मेगा बैंक नेपालले कृषि व्यवसाय प्रवद्र्धन गर्न किसान कार्ड उपलब्ध गराउने भएको छ । बैंकले साना किसानहरुको कृषि व्यवसाय प्रवद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ । आइडीई नेपालसँगको सम्झौतापछि बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि आईडीई नेपालको सिफारिसमा साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण कर्जा प्रदान गर्ने बताइएको छ ।

सम्झौता पछि लघु, घरेलु एवं साना तथा मझौला उद्यमीलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्नुको साथै सहुलियतपूर्ण कर्जा सेवा विशेषगरी बैंकको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लाहरु कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ र कपिलवस्तु जिल्लामा रहेका बैंकका शाखामार्फत छिटो छरितो ढंगले सेवा प्रदान गर्ने बैंकले जनाएको छ । मेगा बैंकले प्रवद्र्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’ मार्फत २ हजार ५ सय जना कृषकहरुलाई किसान कार्ड वितरण गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update