Shittalpati
आगलागी पीडितलाई रायमाझी कूलदेवता समिति तानसेनको आर्थिक सहयोग

तानसेन, रायमाझी कूल देवता समिति तानसेन नगर समितिले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । समितिको शनिबार तानसेनमा बसेको बैंठकले माथागढी गाउँपालिका ४ देवगिर ताल्तुङका आगलागी पीडित हरिबहादुर रायमाझीलाई दश हजार आर्थिक सहयोग गरेको हो ।

गत चैत्र १३ गते विद्युत सट भई उनको घर, गोठ र गोठमा रहेका बाख्रा, भैसी, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको थियो । आगलागी हुँदा रायमाझीको २४ लाख बराबरको भौति क्षति हुन पुगेको थियो । पीडित परिवारलाई स्थानीय, प्रदेश सरकारले समेत सहयोग गरेका छन् । रायमाझी कूल देवता समिति तानसेनका सदस्य समेत रहेका उनलाई समितिले केही राहत पुगोस् भनि आर्थिक सहयोग गरेको हो । उक्त सहयोग रकम समितिका सभापति देवेन्द्रबहादुर रायमाझी, सचिव खिमबहादुर रायमाझीले आगलागी पीडित रायमाझीलाई हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरण गर्दै समितिका सभापति रायमाझीले रायमाझी बन्धुहरुमा परेको विपत्ती र दुखमा कूल देवता समिति सँगसँगै रहेको आभास दिलाउन थोरै भए पनि आर्थिक सहयोग गरिएको बताए । उनले आगलागी पीडित रायमाझीलाई परेको पिडा सिंगो रायमाझीलाई नै परेको भन्दै सहानुभूति समेत प्रकट गरे । सभापति रायमाझीले कुनै पनि बन्धुहरुमा परेको दुख सबै बन्धुहरु मिलेर समाधान गर्ने दिशामा आफुहरु अगाडि बढेको बताए ।

समितिले आफ्ना सदस्यहरुमा दुख पर्दा समितिमा संकलन भएको रकमबाट सहयोग गर्दै आएको छ । उसले जेष्ठ नागरिकदेखि एसईइमा सर्वोत्कृष्ट अंक ल्याउने रायमाझी बन्धु र उनका छोराछोरीहरुलाई समेत सम्मान गर्दै आएको छ । समितिको शनिबार बसेको बैंठकले २०७८ सालको एसईइमा सर्वोत्कृष्ट अंक ल्याउने तानसेन ३ बसन्तपुर निवासी सन्तोष रायमाझीको छोरी कादमवरी रायमाझीलाई सम्मान गर्ने निर्णय गरेको समितिका सचिव खिमबहादुर रायमाझीले बताए । सम्मानित विद्यार्थीलाई दुई हजार नगदले सम्मान गरिने छ । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको सदस्यता नविकरण समेत गरिएको सचिव रायमाझीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update