Shittalpati
कालिगण्डकी गाउँपालिकाले दियो सञ्चारकर्मीलाई खाद्यान्न

गुल्मी,जिल्लाको कालिगण्डकी गाउँपालिकाले कोरोना माहारीबाट प्रभावित सञ्चारकर्मीहरुलाई खाद्यान्न राहत वितरण गरेको छ । कोभिड महामारीका बिच अग्रमोर्चामा रहेर सूचना प्रवाह गर्ने गाउँपालिका भित्रका पत्रकार तथा सञ्चारकर्मीहरुलाई आधारभुत राहत वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष वेदबहादुर थापा मगरको निर्देशनमा पालिका प्रशासनले शुक्रबार राहत वितरण गरेको छ । पालिकामा रहेर सुचना प्रवाह गर्दै आएका सञ्चारकर्मीहरुलाई दुई /दुई बोरा चामल, एक/एक किलो दाल, ३ लिटर तेल, दुई किलो चिनी, चियापत्ती र दुई/दुई किलो आलु गाउँपालिका उपाध्यक्ष तारा थापाले हस्तान्तरण गरेकी हुन् । उपाध्यक्ष थापाले कोठामा ग्याँसको चुलो सेट नभएर अर्कैको कोठामा खाना खाँदै आएका एक जना सञ्चारकर्मीलाई ग्याँसचुलो सेट समेत उपलब्ध गराईएको जानकारी दिईन् । ति सञ्चारकर्मीलाई १५ हजार बराबरको राहत सामग्री दिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्लीले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update