Shittalpati
टेम्पोमा पनि मेगा बैंकको क्यूआरकोड

पाल्पा । मेगा बैंक नेपाल लिमिटेडले टेम्पोमा पनि क्यू आर कोड सेवाको व्यवस्था गरेको छ । बैंकले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको हो । देशभर सञ्चालित टेम्पोमा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

डिजिटल बैकि र नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ । काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर विस्तार गरिने बैंकले जानकारी दिएको छ । यसैगरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको व्यवस्था गर्दै आएको छ । यो बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हो । विक्रम सम्वत २०६७ सालमा स्थापना भएको यस बैँकले तीब्र गतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढेको छ । बैंकले स्थापनाको एक दशक नबित्दै आफ्नो शाखा सञ्जाल र व्यवसायलाई देशभर विस्तार गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update