Shittalpati
मृगौला पीडित विकको उपचारको लागि आर्थिक अभाव

गुल्मी, गुल्मीदरबार गाउँपालिका ६ की मृगौला पीडित ३६ वर्षीया सीता विकको उपचारका लागि आर्थिक अभाव भएको छ । दुई वर्ष अघिदेखि दुबै मृगौला फेल भई उपचार गराइरहेकी विकको आर्थिक अभावमा अहिले समस्या भएको हो । २ छोरी र २ छोराकी आमा उनको आर्थिक अवस्था अत्यन्त नाजुक भएपछि थप उपचारका लागि आर्थिक अभाव भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनका श्रीमान् कृष्ण बिक दैनिक बिहान साँझको छाक टार्न र छोराछोरीको शिक्षादिक्षाका लागि भारत गए पनि अहिले उनी श्रीमतीको स्याहार सुसारका लागि घरमै छन् । उनका श्रीमान कृष्ण भन्छन् ‘कक्षा ११ मा अध्ययन गर्दै गरेकी जेठी छोरीलाई आर्थिक अभावमा विद्यालयबाट छुटाउनु पर्‍यो, माइली छोरी कक्षा ९ मा र अन्य दुई छोरा कक्षा ७ र कक्षा ६ मा पढ्छन् अवस्था विजोग छ । हप्तामा ३ पटक गौतम बुद्ध डाइलाइसिस सेन्टर पाल्पा लैजानुपर्छ । डाइलाइसिस गर्नको लागि त अहिले पैसा लागेको छैन तर एम्बुलेन्समा लैजानुपर्छ बिरामीको अवस्था नाजुक छ एक्लै लैजान सक्दिन जादा आउँदा खानपिन एताउता गर्दा एक पटकमा आठ दस हजार खर्च हुन्छ ।’ गाउँपालिका, स्थानीय विद्ययालय, समाजसेवी, विभिन्न संघ सस्था, आमा समूहहरुबाट प्राप्त भएको सहयोगले नै अहिलेसम्म जनतन उपचार गर्दै आएको उनी बताउँछन् । विक भन्छन् ‘पाल्पाले थप उपचारको लागि काठमाडौं लैजान भनेको छ पैसा छैन कसरी लैजाउ ? गहभरी आसु झार्दै उनले बिहान साँझ हातमुख जोर्नको लागि घरमा कमाउने मै एउटा हुँ, म पनि बिरामीको स्याहारसुसार गर्दा गर्दै ठिक्क छ के गरौं ।’ उनले आफ्नो श्रीमतीलाई बचाईदिन सबैसँग अनुरोध समेत गर्दै आएका छन् ।   –रामकृष्ण कडेलको सहयोगमा

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update