Shittalpati
बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई आर्थिक सहयोग

 

रमेश विश्वकर्मा

गुल्मी, बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई आर्थिक सहयोग प्राप्त भएको छ । गुल्मी समाज युकेले संघलाई आर्थिक सहयोग गरेको हो । समाजले विश्व अपाङ्ग दिवसका दिन संकलन गरेको रकम संघलाई सहयोग गरेको जनाइएको छ ।

प्रत्येक वर्ष दिवसका रकम संकलन गरी अपाङ्गता भएकाहरूको हितमा काम गर्ने संस्थालाई सहयोग गरिदै आएको समाज उपाध्यक्ष राम प्रसाद सापकोटाले बताए । समाजले एक औपचारिक कार्यक्रमका बिच संघलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको छ । समाज युकेका प्रतिनिधि हिरामणी सापकोटाले संघका अध्यक्ष ईश्वरी प्रसाद पौडेल र संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य रघुनाथ मरासिनीलाई ५० हजार रकमको चेक हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै समाजका प्रतिनिधि सापकोटाले युकेमा रहेका नेपालीहरुबाट संकलन गरेको रकम संघलाई सहयोग गरेको बताए । सहयोग रकम ग्रहण गर्दै संघका संस्थापक अध्यक्ष मरासिनीले सहयोग गर्ने संस्थाप्रति आभार प्रकट गरे । उनले बिदेशी भूमिमा रहेर जन्मथलो सम्झिएर सहयोग गर्नेप्रति सम्मान ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोगका हातहरु फैलाउन समाजलाई आग्रह गरे । संस्थाका सचिव मेघलाल पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update