Shittalpati
कोरोना खोप किन्न एक अर्ब बजेट स्वीकृत

पाल्पा । कोरोना खोप खरिद गर्न अर्थ मन्त्रालयले १ अर्ब बजेट स्वीकृत गरेको छ । अर्थले कोरोना खोप खरिद गर्न यसअघि ५० करोड स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको थियो । थप ५० करोड रुपैयाँ मंगलबार स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ । सरकारले अहिलेसम्म भारतको अनुदानमा प्राप्त खोप लगाउँदै आएको छ । सरकार आफैले खोप भने खरिद गरेको छैन । सोही खोप खरिदका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिना भित्र सबै नागरिकलाई खोप दिईसक्ने प्रतिवद्धता जनाउँदै आएका छन् । प्रधानमन्त्री स्वयमले तीन महिना भित्र प्राथमिकतामा रहेका नागरिक र एक वर्षभित्र सबै नागरिकलाई निःशुल्क कोरोना खोप दिइसक्ने प्रतिवद्धता जनाएकाले पनि सरकार बजेट विनियोजन गरी खोप खरिद गर्ने तयारीमा जुटेको छ । अर्थ मन्त्रालयले यस अघि सरकारद्वारा कोरोना खोप खरिद गर्न खोलिएको कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको थियो । यो रकम स्वास्थ्य मन्त्रालयले खोप खरिदमा प्रयोग गर्न सक्ने छ । यसअघि मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ ।

सो प्रयोजनका लागि स्वास्थ्यबाट अग्रिम रकम माग भएको थियो । सोहीअनुसार अर्थले बजेट स्वीकृत गरेको हो । भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएपनि अन्य खोप सरकार आफैले खरिद गर्नुपर्ने छ । खोप किन्न मात्र ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । यो र्खा चालु आर्थिक वर्षको विनियोजन बजेट भन्दा बाहेकबाट उत्पन्न भएको खर्च हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update