Shittalpati
सवारी कारवाहीमा २६ लाख २१ हजार राजस्व

गुल्मी, जिल्लामा भएको सवारी कारवाहीमा २६ लाख बढी राजस्व संकलन भएको छ । पछिल्लो ६ महिनामा जिल्लामा सवारी कारवाहीबाट २६ लाख २१ हजार ५ सय राजस्व संकलन भएको हो । ट्राफिक प्रहरीले सवारी नियम उल्लङगन गरी सवारी साधन चलाउने विभिन्न सवारी साधनहरुबाट जरिवानस्वरुप उक्त रकम संकलन गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा ३ हजार ९ सय ५० वटा सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेयले बताए । उनका अनुसार साउन महिनामा ४ सय ५० वटा सवारी कारवाहीबाट २ लाख ७२ हजार ५ सय राजस्व संकलन भएको छ । त्यस्तै भदौ महिनामा ४ सय ५० वटा सवारी कारवाहीमा २ लाख ७९ हजार ९ सय राजस्व संकलन भएको छ । असोज महिनामा ६ सय सवारी कारवाहीमा ४ लाख २३ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै कात्तिक महिनामा ७ सय ५० वटा सवारी कारवाहीमा ५ लाख १२ हजार मंसिर महिनामा ८ सय सवारी कारवाहीमा सबै भन्दा धेरै ५ लाख ७० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । यस्तै पुस महिनामा ९ सय सवारी कारवाहीमा ५ लाख ६४ हजार ५ सय राजस्व संकलन भएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update