Shittalpati
बाख्रा फर्ममा आगलागी हुँदा ठूलो क्षति ब्यहोरेका गुल्मीका शाहलाई काँग्रेसले गर्‍यो आर्थिक सहयोग

गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका सौभाग्य शाहलाई नेपाली काँग्रेसले आर्थिक सहयोग गरेको छ । गत पुस २३ गते बिहिबार अज्ञात समूहले शाहले सञ्चालन गरेको फर्ममा पेट्रोल छर्किएर आगजनी गरेका थिए । आगलागीका कारण फर्ममा रहेका २५ बाख्रा शाहले गुमाउनु परेको थियो । उनले फर्ममा राजस्थानी, बोयर र जमुना पारीका उन्नत जातका बाख्रा र फार्म गरेर ७० लाखभन्दा बढी लगानी गरेका थिए । आगलागीले फर्म नष्ट गरी क्षणभरमै लाखौँको क्षति भयो ।

शनिबार आगलागी पीडित शाहलाई केही भए पनि राहत पुर्‍याउने उद्देश्यले नेपाली काँग्रेस चन्द्रकोट गाउँपालिकाले १ लाख आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति भगतसिंह खड्काको उपस्थितीमा, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्री, नेपाली काँग्रेस चन्द्रकोट गाउँपालिका सभापति भिमलाल भण्डारी लगायतले १ लाख बराबरको चेक हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै क्षेत्रिय सभापति खड्काले कृषिमा होमिएका शाहलाई उर्जा कम नहोस भन्ने उद्देश्यले काँग्रेसले आर्थिक सहयोग गरेको बताए । अगाडि बढ्दै गरेको युवाको जोस, जागँरलाई निरुत्साहित पार्ने अपराधिक काम गर्ने जो कोही भए पनि कानुनी काठघारामा उभ्याउन सम्बनिन्धत निकायलाई आग्रह गरे । त्यस वडाका वडाध्यक्ष किरण शाहीले षडयन्त्रपूर्वक पेट्रोल छर्किएर आगलागी भएकाले सत्यतथ्य छानविन गरेर दोषीलाई कारवाही गर्न माग गरे ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update