Shittalpati
यु.के समाज पाल्पाद्वारा क्यान्सर पीडित बालिकालाई सहयोग

पाल्पा । पाल्पा जिल्ला यु.के समाजले ब्लड क्यान्सरबाट पीडित एक बालिकाको जीवन रक्षाका लागि आर्थिक सहयोग गरेको छ । समाजले बगनासकाली गाउँपालिका ३ झर्कदी निवासी अशोककुमार बगाले मगरको ६ वर्षीय छोरी सुअन बगालेको स्वास्थ्य उपचारको लागि २ लाख ५ हजार रुपैँया सहयोग गरेको हो । समाजका महासचिव खुम कुँवरबाट ५५ हजार, टीकाबहादुर थापाका छोरा यु.के. आर्मी शेषर थापाबाट १ लाख र क्यानडाबाट कमला थापा र साथीहरुबाट ५० हजार सहयोग संकलन गरी समाजले २ लाख ५ हजार रुपैँया पीडित परिवारलाई सहयोग गरेको छ ।

बगनासकाली गाउँपालिका ३ का वडा अध्यक्ष टीका थापाले पीडित परिवारलाई उक्त रकम हस्तान्तरण गर्दै समाजले गरेको उल्लेखनीय कार्यको प्रसंशा गरे । रकम ग्रहण गर्दै पीडित बालिकाको बुबा अशोक बगालेले सहयोगी मनहरुलाई धन्यवाद दिदैँ छोरीको जीवन रक्षाका लागि सबै पक्षसँग सहयोगको अपेक्षा गरेका छन् । उनले सहयोगबाट प्राप्त रकम छोरीको स्वास्थ्य उपचारमा खर्च गर्ने बताए । हस्तान्तरण कार्यक्रममा स्थानीय मोहन थापा, जुद्वबहादुर बगाले र रिना थापाको समेत उपस्थिति रहेको थियो ।ल्पा जिल्ला यु.के.समाजले विगतका केही वर्षदेखि पाल्पाका विभिन्न क्षेत्रमा शिक्षा स्वास्थ्य एवं विपद् पीडितहरुका लागि सहयोग प्रदान गर्दै आइरहेको छ । समाजका अध्यक्ष बाचश्यति रेग्मी, संरक्षक गोपाल थापा, लक्ष्मी थापा, बम थापा, श्यामसिंह राना, नेत्र थापा, सल्लाहकारहरु क्याप्टेन हरिबहादुर थापा, भिम सारु, विष्णु थापा लगायत यु.के. समाज परिवारले सिघ्र स्वास्थ्य लाभको कामना सहित पठाएको सन्देश र सहयोग रकम प्रदान गर्न पाल्पा जिल्ला यु.के. समाजको प्रतिनिधि सेभ द चिल्ड्रेनकी शिक्षा व्यवस्थापक डा. नरमाया थापा दसैँको नवमीका दिन पीडित बालिकाको घरमा पुगेकी थिईन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update