Shittalpati
सुजुकीको दसैँ तिहार योजना ‘पर्वोत्सव’

काठमाडौं(एजेन्सी) । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दसैँ–तिहारभरिका लागि ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ । कम्पनीले मूल्यमा छुटसहित विभिन्न अफरको योजना ल्याएको हो । योजना अनुसार ग्राहकले ३ लाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने जनाइएको छ । त्यस्तै, न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसोरिजहरू निःशुल्क प्रदान गरिने कम्पनीले जनाइएको छ ।

यसका साथै कुनै व्यक्तिले अरूलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई विक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार प्रदान गरिने छ । यो योजना सिमित अवधिका लागि नेपालमा रहेका सुजुकी गाडीका ३६ वटै सोरुममा लागू भएको कम्पनीले जनाएको छ । कम्पनीले फरक मोडेलका कारमा फरक हिसाबले छुट प्रदान गर्दै आएको जनाएको छ । सुजुकी ब्राण्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स, वागेन आर, इग्निस, स्विफ्ठ, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरू विक्री गर्दै आएको दावी गरेको छ । यो योजना सिमित अवधिका लागि मात्र जारी गरिएकाले समयमै सम्पर्क गर्न ग्राहक वर्गलाई कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update