Shittalpati
एक करोड पचाँस लाखको  आर्थिक सहयोगमा भवन शिलान्यास

पाल्पा, एक करोड पचाँस लाख आर्थिक सहयोगमा पशु सेवा कार्यालयको भवन शिलान्यास गरिएको छ । जिल्लाको तिनाउ गाउँपालिकामा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाईभस्टक सेक्टर ईनोभेसन ललितपुरको आर्थिक सहयोगमा भवनको शिलान्यास गरिएको हो । भवनको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् । भवनको शिलान्यास गर्दै अध्यक्ष घर्तीले गाउँपालिकालाई पशुपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने गरी गाउँपालिका अगाडि बढेको बताए ।

एक करोड पचाँस लाखको आर्थिक सहयोगमा भवन शिलान्यासउँपालिकालाई पशुपालन र कृषिबाटै आत्मनिर्भर गराई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने योजनाका साथ आफुहरु लागेको उनले जानकारी दिए । संघीय सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई साकार पार्न पशु र कृषि क्षेत्रलाई प्रथमिकता दिइएको अध्यक्ष घर्तीले बताए । भवनको असार मसान्त भित्र सकिने गरी काम सुरु भएको छ । भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र पाल्पाका कर्मचारी विश्वनाथ भट्टराईले जिल्लामा आएको एकमात्र पशु सेवा भवन पशुपालनमा सम्भावना रहेकाले तिनाउ गाउँपालिकालाई सिफारिस गरिएको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update