Shittalpati
भदौ २८ गतेसम्म कोरोना बिमा गर्नेलाई पुरानै व्यवस्था लागू

पाल्पा । बिमा समितिले भदौ २८ गतेसम्मका कोराना बिमा गरेका बिमितको हकमा भने पुरानै व्यवस्था लागू हुने भएको छ । समितिले अहिले नयाँ निमय लागू गरेपनि भदौ २८ गतेभित्र बिमा गरेका बिमितलाई कोभिड–१९ संक्रमण पुष्टि भएमा पुरानै व्यवस्था लागू गरी एकमुष्ठ रकम दिने भएको हो । अहिले बिमितलाई कोभिड–१९ संक्रमण पुष्टि भए बिमाड्ढको २५ प्रतिशत राहत रकम र बाँकी अस्पतालको बिल अनुसार दिने गरी कोरोना बिमा मापदण्ड संशोधन गरेको छ । तर पुरानो बिमितको हकमा भने यो नियम लागू हुनेछैन ।

समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले कोरोना बिमा गरेको बिमितले पीसीआर गर्दा संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेको अवस्थामा बिमाड्ढ रकमको २५ प्रतिशत भुक्तानी दिने संशोधित मापदण्डमा व्यवस्था गरिएको बताए । त्यस बाहेक अस्पतालमा बस्नु परेको खण्डमा भने राहत रकम सहित बिल भरपाईको आधारमा थप ७५ प्रतिशतसम्म भुक्तानी दिइने अध्यक्ष चापागाईले बताए । उनले भदौ २८ गतेसम्मका बिमितको हकमा भने पुरानै व्यवस्था लागू हुने जानकारी दिए । भदौ २९ गते पछि बिमा गरेका बिमितको लागि मात्रै यो नयाँ व्यवस्था लागू हुने पनि स्पस्ट पारे । कोरोना बिमाको पुरानै व्यवस्था सहित स्वास्थ्य बिमालाई समेत गाभेर मिश्रित प्रकृतिको बनाइएको पनि अध्यक्ष चापागाईले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update