Shittalpati
कुमारी बैंकद्वारा चर्चरेमा शाखारहित बैकिङ्ग विस्तार

पाल्पा, कुमारी बैंक लिमिटेडले जिल्लाको तिनाउ ५, चर्चरेमा एक शाखा रहित बैकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बैकिङ्ग सेवाको औपचारिक उद्घाटन तथा वित्तीय साक्षरता कार्यक्रम गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । सिद्धार्थ राजमार्गमा पर्ने क्षेत्र भएपनि चर्चरेका बासिन्दालाई बैकिङ्ग सेवा लिनका लागि घण्टौ समय खर्चनुपर्ने बाध्यता थियो । सेवा विस्तार भएसँगै स्थानीयहरुमा खुशी छाएको छ ।

यस अघि पाल्पाको यम्घा, खानीछाप, भुवनपोखरी र मुझुङ्गमा शाखा रहित बैकिङ्गको औपचारिक शुरुवात भईसकेको छ । कार्यक्रममा बोल्दै पूर्वउद्योग मन्त्री तथा संघिय संसद सोमप्रसाद पाण्डेले बैंकको शाखारहित बैकिङ्ग सेवाले स्थानीयको आर्थिक उन्नति तथा स्थानीय विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

यसैगरि प्रदेश संसद नारायण आर्चायले प्रविधिमा आधारित यो शाखा रहित बैकिङ्गको भरपुर उपयोग गरी आर्थिक उन्नति गर्न बचत तथा उद्यमशिलतामा जोड दिन आग्रह गरे । कुमारी बैंक पाल्पा शाखाका शाखा प्रबन्धक अम्बिकाप्रसाद बस्यालले वित्तीय साक्षरता, यसको महत्व, आर्थिक उन्नतिका लागि गर्नुपर्ने कार्य तथा बचत तथा उद्यमशिलताका लागि बैकले गर्ने सहयोग सम्बन्धमा प्रकाश पार्दे उक्त शाखारहित बैकिङ्ग सेवा सफल रुपमा सञ्चालन हुने बिश्वास व्यक्त गरे । शाखा प्रमुख बस्यालले शाखारहित बैकिङ्गबाट उपलब्ध हुने सेवाहरुको बारेमा चर्चा गर्दे यो अन्य ठाउँहरुमा पनि निरन्तर रुपमा विस्तार गर्दै लैजाने जानकारी दिए ।

उक्त कार्यक्रम शाखारहित बैकिङ्ग चर्चरेका सञ्चालक विष्णुबहादुर थापाको अध्यक्षता, पूर्वउद्योग मन्त्री तथा संघिय संसद सोमप्रसाद पाण्डेको प्रमुख आतिथ्यता, प्रदेश संसद नारायणप्रसाद आर्चाय र तिनाउ गाउपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरको संयुक्त विशिष्ट आतिथ्यता तथा सहकारी संघ पाल्पाका सचिव भूपति पाण्डेको स्वागतमा भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update