Shittalpati
प्रेस युनियनका महासचिव शिवाकोटीद्वारा अक्षय कोषमा आर्थिक सहयोग

पाल्पा । नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव अजयबाबु शिवाकोटीले अक्षयकोषमा आर्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा शिवाकोटीले दस हजार एक सय ११ रुपैंयाँ सहयोग गरेका हुन् । हाम्राकुरा डटकमका प्रधान सम्पादक समेत रहेका सिवाकोटीले तेजु स्मृती कोषमार्फत पत्रकारको सम्मानका लागि सहयोग गरेको बताए ।

बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो । प्रेस युनियनले यस घटना संकास्पद भएकाले सरकारसँग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्दै आएको छ । युनियनले स्व. युनियनका संस्थापक अध्यक्ष खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरु सँग सहयोगको आह्वान गर्दै आएको छ । युनियन डोटी शाखाले स्व.खड्काप्रति महासचिव शिवाकोटीले देखाएको सम्मान र सद्भावप्रति धन्यबाद दिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update