Shittalpati
सुन तोलामा दुई सयले बढ्यो

पाल्पा, सुनको मूल्य तोलामा दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा  दुई सयले वृद्धि भएको हो ।

मूल्य बढेसँगै एक लाख ३५ हजार छ सय पुगेको छ । आइतबार छापवाला सुन तोलामा  एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार सात सय ५० मा कारोबार भएको थियो । चाँदी मूल्य तोलामा एक हजार छ सय ६० निर्धारण भएको छ । आइतबार चाँदी तोलामा  एक लाख छ सय ४० मा कारोबार भएको थियो । सुनको भाउले यतिबेला विश्व बजार नै तातेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । नेपालमा हाल दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था छ । वैदेशिक रोजगारमा रहेकाले ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था छ । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update