Shittalpati
नेप्से बढ्यो, कारोबार रकम घट्यो

पाल्पा, साताको तेस्रो कारोबार दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक थोरै अंकले बढेको छ । तेस्रो दिन नेप्से २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा उक्लेको हो ।

अघिल्लो दिनको तुलनामा यो ०.१० प्रतिशतले सकारात्मक बनेको छ । उक्त दिन कारोबारमा आएकामध्ये १ सय २० वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय १४ वटाको घट्यो र बाँकी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । नेप्से परिसूचक सामान्य अंकले बढेपनि मंगलबार कारोबार रकम घटेको छ । 

उक्त दिन ३८ हजार २ सय १४ पटकको कारोबारबाट ५० लाख ६४ हजार ३८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब २ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत सोमबार २ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update