Shittalpati
व्यवसायिक किसानलाई निःशुल्क पशु आहार

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकामा सञ्चालित बगनासकाली बहुउद्देश्यीय सहकारी सस्था लि.ले व्यवसायिक किसानहरुका लागि निःशुल्क पशु आहार (दाना) दिएको छ । सहकारीले किसानहरुलाई पशु व्यवसायीमा लाग्न थप प्रोत्साहनका लागि निःशुल्क पशु आहार दिएको हो । सहकारीले एक कार्यक्रमका बिच सहकारीमा आवद्ध ५० जना सदस्यहरुलाई दाना वितरण गरेको छ । दाना वितरण गर्दै ८ का वडा अध्यक्ष गणेशप्रसाद बस्यालले सहकारी मार्फत भएका काम निकै महत्वपूर्ण रहेको बताए ।

उनले वडालाई कृषि र पशुपालनमा आत्मनिर्भर गराउने गरी अगाडि बढेकाले सहकारीसँग सहकार्य गर्दै जाने बताए । सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले सहकारीमा आवद्ध व्यावसायिक रुपमा गाईभैंसी पालन गरेका ५० जना सदस्यहरुलाई ५० किलोका दरले २५ सय किलो पशु आहार मकै वितरण गरेको बताए । सहकारीले यो वर्ष ५० वटा भकारो सुधार मार्फत व्यावसायिक पशुपालनका लागि घासको व्यवस्थापन गर्दै आएको सहकारीका सचिव कमलराज तिमिल्सेनाले बताए । सहकारीमा अहिले १२ सय बढी सेयर सदस्य रहेको छन् । सहकारीले किसानलाई पाएक पर्ने स्थानमा दाना उपलब्ध गराएको थियो । सहकारी मार्फत पछिल्लो समय किसानहरूलाई व्यावसयिक बनाउन मल व्यवस्थापन सहित विविध कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update