Shittalpati
पाल्पा जेसिजद्वारा तानसेनका आइसोलेशनमा रहेका नागरिकलाई सहयोग

पाल्पा । जिल्लामा क्रियाशिल सामाजिक संस्था पाल्पा जेसिज तानसेनका आइसोलेशन सेन्टरमा रहेका नागरिकहरुका लागि सहयोग गरेको छ । जेसिजले कोरोना संक्रमण देखिई तानसेनमा निर्माण गरिएका विभिन्न आइसोलेशन सेन्टरमा बसेका नागारिक र उनीहरुको व्यवस्थापनमा खटिएका ३५ जनालाई पौष्टिक खानेकुरा र मास्क सहयोग गरेको हो ।

विहिबार जेसिजका पदाधिकारीहरुले तानसेन स्थित युनाइटेड मिसन अस्पताले वृद्धाआश्रममा निर्माण गरेको र तानसेन नगरपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, र तिनाउ गाउँपालिकाले संयुक्त रुपमा तानसेन नर्सिङ्ग स्कूलमा निर्माण गरेको आइसोलेशन सेन्टरलाई पौष्टिक आहार र मास्क वितरण गरेका हुन् । युनाइटेड मिसन अस्पतालका प्रमुख प्रशासकिय अधिकृत जीवन भट्टराई र नर्सिङ्ग स्कूलका प्रिन्सिपल सकुन्तला थाञ्जुलाई अण्डा, हर्लिक्स, फु्रटी, विष्कुट लगायतका पौष्टिक खानेकुरा र मास्क वितरण गरिएको जेसिजका महासचिव अर्जुन कार्कीले बताए ।

संस्थाको उत्तरदायित्व अन्तर्गत आइसोलेशनमा रहेका नागरिकहरुलाई केही भए पनि राहत मिल्लोस् भनेर पौष्टिक खाने कुरा र मास्क सहयोग गरिएको जेसिजका अध्यक्ष मदन गाहाले बताए । उक्त सहयोग ग्रहण गर्दै मिसन अस्पतालका प्रमुख प्रशासकिय अधिकृत भट्टराई र नर्सिङ्ग स्कूलका प्रिन्सिपल थाञ्जुले विषम परिस्थतीमा पनि जेसिजले देखाएको सहयोग र सद्भाव प्रसंशनिय रहेको भन्दै संस्थलाई धन्यवाद दिए । तानसेन १ का कार्यवाहक वडा अध्यक्ष तथा सदस्य शिव थापाले जेसिजले गरेको सहयोग आफैमा स्वागत योग्य रहेको बताए । जेसिजका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक प्रकाश काफ्ले, जेसिजका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार रिजनमान महर्जन लगायतले आगामी दिनहरुमा पनि जेसिजले आवश्यक सहयोग गर्दै जाने बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update