Shittalpati
सहकारीले गर्‍यो रगतको अभाव हुन नदिन रक्तदान

बुटवल । सजिलो बचत तथा ऋण सहकारी सस्था लिमीटेड बुटवल ९ कालिकानगरले रक्तदान कार्यक्रम गरेको छ । सहकारीको ११ औ स्थापना दिवस तथा कोभिड –१९ को महामारीको बेला बिरामीलाई रगतको अभाव भएको अबस्थामा रगतदान गर्दा बिरामीलाई केही मात्रामा भएपनि राहत होस भन्ने उद्देश्यले गरिएको कार्यक्रममा ४० जना सदस्यले रगत दिएका थिए ।

रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सहकारीका अध्यक्ष रामराज पोख्रेल, सल्लाहकार गोबिन्द प्रसाद मरासिनी ,अम्मर बहादुर खड्का, सचिव गुणानिधि खनाल, सदस्य भिमलालगौतम, विष्णु गिरी, लेखा संयोजक बिनसलाल श्रेष्ठ, शेयर सदस्य विक्रम खड्का, खेमानन्द पाठक लगाएतका ४० जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update