Shittalpati
पाल्पामा पनि बढ्यो दूधको मूल्य

पाल्पा,  सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा भएको छ । किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको सरकारले जनाएको छ ।

अब उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ । सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ । दूधको मूल्य बढेपछि दुग्धजन्य अन्य वस्तु दही, पनिर, घ्यु लगायतको पनि मूल्य बढ्न जानेछ ।

पाल्पामा पनि बुधबारदेखि दुधको मूल्य बढेको छ । सरकारले दुधको मूूल्य बढाएपछि जिल्ला दुग्ध उत्पादक सहकारी संघ र नेपाल डेरी एसोसिएसन पाल्पाले दुधको मूूल्य बढाएका हुन् ।

बढाइएको मूूल्य अनुसार अब भैँसीको दुधको मूूल्य १ सय २० रुपैयाँ प्रतिलिटिर र गाइको दुधको मूूल्य ९५ प्रतिलिटर रहेको छ । सरकारले बढाएको मूूल्य अनुसार पाल्पामा गाइ र भैँसीको दुधको मूूल्य बढाइएको जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ । बढाइएको मूूल्य अनुसार प्रतिफ्याट सात रुपैयाँ १५ पैसा र प्रति एसएनएफ चार रुपैयाँ ८१ पैसा कायम गरिएको छ । भैँसीको दुधमा भने १५ रुपैयाँ दश पैसा प्रोत्साहन रकम दिने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update