Shittalpati
सेयर बजार घट्यो

पाल्पा, सेयर बजार घटेको छ । कारोबारको अघिल्रुलो दिन मंगलबार ७६ अंक बढिले बढेको बजारमा बुधबार ७.१३ अंकले घटेको हो ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार ३ अर्ब ३६ करोडको कारोबार भएकोमा यस दिन ३ अर्ब ६९ करोडको भयो । कारोबार रकम बढे पनि परिसूचक नेप्से भने सामान्य अंक घटेको हो ।

७.१३ अंक घटेर नेप्से २१७० अंकमा कायम भएको छ । बजार खुलेको ३५ मिनेटमै २ हजार २ सय १३ अंकसम्म नेप्से पुगेको थियो । सामान्य उतारचढावका बाबजुत परिसूचक अन्ततः ७ अंक घट्न पुग्यो । अन्यबाहेकका सबै उपसमूह घटे । सो उपसमूह ७ अंक बढ्यो । बैंकिङ ०.७९, विकास बैंक २२, फाइनान्स ३६, होटल तथा पर्यटन ४९, जलविद्युत् २७, जीवन बीमा ५८, उत्पादन ४१, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा २८ र ब्यापार उपसमूह ११ अंक घटेका छन् । कुल ६७ कम्पनीको मूल्य बढ्दा १ सय ४२ को घट्यो भने ७ को स्थिर रहृयो । तेह्रथुम पावर र धौलागिरि लघुवित्तको मूल्य सबैभन्दा धेरै ३ प्रतिशत बढ्यो । आदर्श लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो ।

पोखरा फाइनान्सको ४.९ र ग्रीन भेन्चरको मूल्य ३.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, अपी पावर, ङादी ग्रुप, एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update