Shittalpati
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर यहाँको धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
३४ वर्षीया महिला कालीगण्डकी नदीमा मृत फेला
३४ वर्षीया महिला कालीगण्डकी नदीमा मृत फेला जिल्लाको रम्भा गाउँपालिका– ३ राम्दी स्थित कालिगण्डकी नदिको खाँचमा  एक महिला मृत अवस्थामा फेला परेकी छन् । बगनासकाली गाउँपालिका– ६ दर्पुककी ३४ वर्षीया गंगा माझी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
‘थर्मल थेरापी’ सेवातर्फ आकर्षण बढ्दो  
‘थर्मल थेरापी’ सेवातर्फ आकर्षण बढ्दो   पछिल्लो समय ‘थर्मल थेरापी’ पद्धतिप्रति जिल्लाका स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय मानिसको दैनिक जनजीवन अस्तव्यस्त भइरहेकाले बढ्दो नसर्ने रोगको न्यूनीकरणका लागि यो उपचार पद्धति प्रभावकारी बन्दै गएपछि स्थानीयहरुको आकर्षण बढ्दै गएको हो ।
आज विश्व नृत्य दिवस मनाइँदै
आज विश्व नृत्य दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय नृत्य दिवस  नेपालसहित विश्वभर विविध कार्यक्रम गरी  मनाइँदै छ । यो दिवस सन् १९८२ देखि यूनेस्कोको सहयोगी एनजीओ अन्तर्राष्टिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो ।
नेत्रज्योति संघ पाल्पाले मनायो २४ औं साधारणसभा 
नेत्रज्योति संघ पाल्पाले मनायो २४ औं साधारणसभा  नेपाल नेत्रज्योति संघ  पाल्पाले २४ औं साधारणसभा मनाएको छ । संघले सोमबार एक समारोहकाबिच साधारण सभा मनाएको हो ।
विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै
विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम गरी मनाउने गरिन्छ । सन् २००३ देखि सुरक्षित, स्वस्थ्य र सभ्य कामलाई बढावा दिन यो दिवस मनाइँदै आएको छ ।
गुल्मीमा गोठमा आगलागी हुँदा एक दर्जन पशुचौपाया मरे
गुल्मीमा गोठमा आगलागी हुँदा एक दर्जन पशुचौपाया मरे जिल्लाको मालिका गाउँपालिका – ८ मर्भुङ्ग किलिबाङ्गका तुल बहादुर घर्तीको कच्ची गोठमा आगालागी हुँदा एक दर्जन पशुचौपाया मरेका छन् । गोठमा पानी तताउने क्रममा आगलागी हुँदा  गोठमा रहेका दुई भैसी र १० बाख्रा मरेका हुन् ।
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप आन्दोलनरत शिक्षकले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि प्रहरीसँग झडप भएको छ । केहीबेरअघि नयाँबानेश्वरमा झडप भएको हो ।
श्रीमान्‌को किरिया बसेकी महिलाको मृत्यु
श्रीमान्‌को किरिया बसेकी महिलाको मृत्यु तुलसीपुरमा श्रीमान्को किरिया बसेकी एक महिलाको शनिबार मृत्यु भएको छ। तुलसीपुर–७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान्को किरिया बसेको अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
तानसेनका महिला जनप्रतिनिधीलाई बजेट निर्माणका विषयमा प्रशिक्षण
तानसेनका महिला जनप्रतिनिधीलाई बजेट निर्माणका विषयमा प्रशिक्षण जिल्लाको तानसेन नगरपालिका भित्रका महिला जनप्रतिनिधिहरुका लागि बजेट निर्माण सम्बन्धी प्रशिक्षण दिइएको छ । द एसिया फाउण्डेसनले स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत यहाँका महिला जनप्रतिनिधीहरुलाई योजना संकलन, प्राथमिकरण र बार्षिक योजना निर्माणमा प्रशिक्षण दिएको हो  ।
आज आमाको मुख हेर्ने दिन, आमालाई सम्मान गरी मनाइँदै
आज आमाको मुख हेर्ने दिन, आमालाई सम्मान गरी मनाइँदै आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । 
प्रेस चौतारी पाल्पाले बैशाख २७ गते स्थापना दिवस मनाउने
प्रेस चौतारी पाल्पाले बैशाख २७ गते स्थापना दिवस मनाउने प्रेस चौतारी नेपाल पाल्पा शाखाले यही बैंशाख २७ गते स्थापना दिवस मनाउने भएको छ । शाखाको तानसेनमा बसेको बैंठकले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
Weather Update