Shittalpati
निजामती कर्मचारी युुनियन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा न्यौपाने

पाल्पा, नेपाल निजामती कर्मचारी युनियन पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । युनियनको शनिबार भएको ९ औं जिल्ला अधिवेशनले ओमप्रकाश न्यौपानेको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । यस अघि सचिवमा रहँदा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका अर्याललाई अधिवेशनले अध्यक्षको जिम्मेवारी दिएको छ ।

उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । जसको खुला उपाध्यक्षमा भगवती केसी, महिला उपाध्यक्षमा पुजा परियार, सचिवमा हरीबहादुर थापा, सहसचिव हुमबहादुर कुंवर, कोषाध्यक्षमा जीवन बस्याल चयन भएका छन् । यस्तै सदस्यहरुमा भिमसेन नेपाल, पशुपति न्यौपाने, सन्तोष दहाल, मधु पाण्डे, गंगा भण्डारी, संगीता दुधराज, विपना राना, जितकुमारी ढेंगा, पंकज रायमाझी, प्रकाश केसी, कृष्णबहादुर थापा, रेश्मीराज न्यौपाने र भोजराज अधिकारी रहेका छन् ।

यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । जहाँ केन्द्रीय प्रतिनिधिमा लिलामणी बस्याल, जीवन राना, रिमा आचार्य, गिरिराज घिमिरे, चन्द्रबहादुर आले, प्रदेश प्रतिनिधिमा पुनम धिताल, टिकाराम बस्याल, मणिराम अधिकारी, तुलसीराम काफ्ले र हरी प्रसाद पराजुली रहेका निर्वाचन अधिकृत शिव प्रसाद देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update