Shittalpati
यस वर्षको दसैं टीकाको उत्तम साइत ११ बजेर ३६ मिनटमा
यस वर्षको दसैं टीकाको उत्तम साइत ११ बजेर ३६ मिनटमा यस वर्ष विजया दशमीको साइत असोज २६ गते शनिबार बिहान ११ बजेर ३६ मिनटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
व्यवसायी दुर्गा प्रसाई पक्राउ
व्यवसायी दुर्गा प्रसाई पक्राउ नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिए । उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो ।
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि  कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ । विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थी पनि खुसी भएका छन् ।
पाल्पामा रोकिएन बालविवाह : १३ प्रतिशत किशोरी आमा
पाल्पामा रोकिएन बालविवाह : १३ प्रतिशत किशोरी आमा पाल्पाको निस्दी गाउँपालिका मित्यालकी शान्ती सारु (परिवर्तित नाम)को १५ वर्ष हुँदा मागी विवाह भयो । अहिले उनी २३ वर्षकी भइन् । सारुका चार वर्षका छोरा छन् । उनलाई अहिले सानैमा विवाह भएकोमा पछुतो छ । उमेर नपुगी विवाह भएकाले उनले आफ्ना धेरै चाहनाहरुलाई मनभित्रै खुम्च्याउनु परेको छ ।
‘अख्तियारमा गलत नियतले उजुरी दिँदा सास्ती भयो’
‘अख्तियारमा गलत नियतले उजुरी दिँदा सास्ती भयो’ जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुुर थापाले  गलत नियतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिदाँ स्थानीय तहहरुले सास्ती भोग्नु परेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी स्थानीय तहस्तरीय अन्तक्र्रिया  कार्यक्रमलाई रामपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
चट्याङ लागेर एकको मृत्यु
चट्याङ लागेर एकको मृत्यु निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको शुुक्रबार राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए ...
पाल्पामा मनाइयो शान्ति दिवस
पाल्पामा मनाइयो शान्ति दिवस पाल्पामा विभिन्न कार्यक्रम गरी विश्व शान्ति दिवस मनाइएको छ । तानसेनमा रहेको धर्मचक्र वौद्ध युवा संघ तानसेनको आयोजनामा कैलाशनगरको सांस्कृतिक डवलीमा धार्मिक कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।
लक्ष्मी सहकारीको २२ औं साधारण सभा
लक्ष्मी सहकारीको २२ औं साधारण सभा जिल्लाको सदरमुकाम तानसेनमा २०५९ सालमा स्थापना भएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २२ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशन मनाएको छ । सहकारीले शनिबार एक समारोहका बिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्छन् । 
रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् । यहाँ आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि तथा वनजन्य गरी दुई सय १७ वटा उद्योग बन्द भएको घरेलु तथा...
विश्व शान्ति दिवसः विविध कार्यक्रम गरी मनाइँदै
विश्व शान्ति दिवसः विविध कार्यक्रम गरी मनाइँदै आज विश्व शान्ति दिवस । ‘शान्तिप्रति हाम्रो कदम र महत्वाकांक्षा’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
Weather Update