Shittalpati
आज विश्व बालश्रम विरुद्धको दिवस

पाल्पा, आज विश्व बाल श्रम विरुद्धको दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैं छ । विश्व बाल श्रम विरुद्ध सरकार, रोजगारदाता, श्रमिक सङ्गठनहरू, नागरिक समाज, साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको उद्धार तथा उनीहरूलाई मद्दत गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ ।

सन् १९९० मा नेपालले संयुक्त राष्ट्र सङ्घको बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल श्रम विरुद्धको विविध कार्य सञ्चालन गरी बालबालिकाको हक अधिकार सम्बन्धी कार्य गर्दै आएको छ । अन्तर्राष्ट्रिय श्रम स·ठन आईएलओले पनि सन् २००२ बाट यो अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको हो । नेपालमा बालबालिका सम्बन्धी ऐन २०४८ ले १६ वर्ष मुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ । उनीहरूलाई आयआर्जनका लागि श्रम गर्न अथवा कसैले श्रमिक बनाउन वर्जित छ । सन् २०२५ सम्ममा बालश्रमका सबै स्वरुपको अन्त्य गर्न निर्णायक कदम चाल्नुपर्नेमा आइएलओले जोड दिएको छ ।

सन् २००२ जुन १२ यता विश्वव्यापी बालश्रमिकको दुर्दशाको बारेमा चेतना फैलाउन प्रत्येक वर्ष बालश्रम विरुद्धको दिवस मनाउने गरिन्छ । बालश्रम बालबालिकाले कलिलो उमेरमा परिपक्व जस्तै गरी गर्ने काम नै शारीरिक वा मानसिक श्रम हो । शारीरिक वा मानसिक रूपमै बालबालिकालाई असर पु¥याउने कामहरूमा बालबालिका संलग्न हुन्छन् वा संलग्न गराइन्छ भने त्यसलाई नै बालश्रम भनिन्छ । विभिन्न प्रयास गरिए पनि विश्वका विकसित देशमा बाल मजदुरीको अन्त्य हुन सकेको छैन । नेपाल जस्ता देशहरूमा बालश्रमको अवस्था अझै भयावह छ । नेपालमा विभिन्न गैरसरकारी तथा सरकारी निकायले बालश्रमविरुद्ध काम गर्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update