डिएसपी हुँ भनि ठगी गर्ने दुई जना पक्राउ

पाल्पा, नेपाल प्रहरीको डिएसपी हुँ भनि ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका (८ बस्ने ४५ वर्षीय ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ र काठमाडौं कलंकी बस्ने सुनसरी इटहरी उपमहानगरपालिका(४ पाँचघरे घर भएका ४२ वर्षीय रेवती ओझालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले नेपाल प्रहरीको डिएसपी हुँ भनि प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ६ लाख रूपैयाँ ठगी गरेका थिए । उक्त ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०८२
प्रतिक्रिया दिनुहोस्