Shittalpati
आइतबारदेखि भारी वर्षाको प्रक्षेपण  
आइतबारदेखि भारी वर्षाको प्रक्षेपण   आइतबारदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने उनीहरुले प्रक्षेपण गरेका हुन् ।
पाल्पामा भोली ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुँदै, तयारी पुरा
पाल्पामा भोली ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुँदै, तयारी पुरा पाल्पामा भोली ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुने भएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा साइकल पर्यटनबारे जानकारी होस् भन्ने उद्देश्यका साथ जिल्लाका धार्मिक पर्यटकीय क्षेत्रलाई समेट्ने गरि ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुन लागेको हो ।
राहुघाटको म्याद तेस्रोपटक थपियो
राहुघाटको म्याद तेस्रोपटक थपियो नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो ।
सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकलाई ट्राफिक सचेतना
सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकलाई ट्राफिक सचेतना जिल्लामा सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकलाई ट्राफिक सचेतना दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले  यहाँ सञ्चालित सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकहरुलाई ट्राफिक सचेतना तालिम दिएको हो ।
स्याङ्जामा उद्योग तथा पसलको संख्या घट्दो
स्याङ्जामा उद्योग तथा पसलको संख्या घट्दो जिल्लामा उद्योग तथा पसलको संख्या दिनानुदिन घट्दो छ । उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै उद्योगी, व्यवसायीले पसल दर्ता खारेजी गर्न थालेका हुन् ।
कपिलवस्तुमा सर्पदंशबाट शिशुको मृत्यु
कपिलवस्तुमा सर्पदंशबाट शिशुको मृत्यु कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण एक १४ महिने शिशुको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो ।
एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री
एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री यहाँको रामपुर नगरपालिका–५ स्थित भम्बकका प्रेमबहादुर सिं ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन् । 
धार्मिक पर्यटन  प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण
धार्मिक पर्यटन  प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले कालीगण्डकी किनारमा पैदल मार्ग निर्माण गरेको छ ।  आर्थिक वर्ष २०८१र०८२ मा दुई हजार ५६७ मिटर पैदलमार्ग निर्माण गरिएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए । धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वलाई उजागर गर्नका लागि रामनदीधामदेखि देवघाटसम्मको पैदलमार्गअन्तर्गत रामपुर नगरपालिकामा ३४ किलोमिटर लामो पैदलमार्ग...
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा सङ्ख्या शून्य
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा सङ्ख्या शून्य उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८/र८२ मा अदालतमा परेका मुद्दामध्ये एक हजार २४३ मुद्दा फर्छ्यौट गरेको छ ।उच्च अदालतका सूचना अधिकारी मधुसूदन पन्थीका अनुसार एक वर्षको अवधिमा अदालतमा दर्ता भएका एक हजार ४३ र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ४१४ गरी  जम्मा एक हजार ४५७ थान मुद्दामध्ये एक हजार २४३...
आज साउने संक्रान्ति, लुतो फाल्ने परम्परा
आज साउने संक्रान्ति, लुतो फाल्ने परम्परा सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।
भोलीदेखि अमर नारायण मन्दिर परिसरमा रहेको १०८ गौमुखे धारा खुला
भोलीदेखि अमर नारायण मन्दिर परिसरमा रहेको १०८ गौमुखे धारा खुला यहाँको तानसेनस्थित अमर नारायण मन्दिर परिसरमा रहेको १०८ गौमुखे धारा भोलीदेखि भक्तजनहरुका लागि खुला गरिएको छ । साउन महिनाको व्रत प्रारम्भसँगै भक्तजनका लागि धारा खुला गरिएको हो ।
घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै
घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै तानसेन नगरपालिका–९ डाँडाडुमका महिला घरबास (होमस्टे) पर्यटन विकाससम्बन्धी तालिम लिएपछि स्वरोजगारका लागि पहल गर्न थालेका छन् । संस्कृति, पर्यटन तथा ण्ण्नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समिति काठमाडौँद्वारा दिइएको घरबास पर्यटन विकाससम्बन्धी आधारभूत तालिमबाट सीप र ज्ञान प्राप्त गरेपछि गाउँमा होमस्टे सञ्चालन गरी आर्थिक समृद्धि हासिल गर्नेतर्फ यहाँका महिला लागेका...
Weather Update