सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट
बिहीबार, वैशाख ४, २०८२

भैरवनाथ मन्दिरमा पार्किङ्ग स्थल सञ्चालन
बिहीबार, वैशाख ४, २०८२
पश्चिम नेपालको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल पाल्पाको भैरवनाथ मन्दिरमा पार्कि·को समस्या समाधान गर्न एकीकृत सुविधा सम्पन्न पार्किङ्ग स्थल निर्माण गरी वैशाख १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।

गुल्मीमा २४ वर्षदेखि फरार अभियुक्त पक्राउ
बिहीबार, वैशाख ४, २०८२
२४ वर्ष फरार तिलबहादुर विकलाइ प्रहरीले ०८१ चैत २९ गते पक्राउ गरेर अदालत पेस गरेको छ । कालिगण्डकी गाउँपालिका–२ का ५६ वर्षीय तिलबहादुर विकलाई नकबजनी चोरीमा जिल्ला अदालत गुल्मीले ०५७ साल जेठ २२ गते १७ दिन कैद र रु.१,५००/– रुपियाँ जरिवानाको फैसला गरेको थियो ।

विद्युत सर्टबाट गोठमा आगलागी
बिहीबार, वैशाख ४, २०८२
रूपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित आमा गाउँमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मंगलबार राति भएको उक्त आगलागीले स्थानीय सुदामा चाईको गोठलाई पूर्णरूपमा क्षति पुर्याएको हो ।

सेनाको टोली पाल्पा आइपुग्यो, ऐतिहासिक कोत, गढी र किल्ला पुग्दै
बुधबार, वैशाख ३, २०८२
तेस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आईपुगेको छ । गोरखा, तनहुँ, स्याङ्जा हुँदै मंगलबार पाल्पा आइपुगेको हो ।

सेनाको गोरखा–जितगढी पदयात्री टोली पाल्पा आइपुग्यो
मंगलबार, वैशाख २, २०८२
तेस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आईपुगेको छ । गोरखा, तनहुँ, स्याङ्जा हुँदै आज पाल्पा आइपुगेको हो ।

बचत गरेको रकम निकाल्न नपाउँदा...
मंगलबार, वैशाख २, २०८२
यही ५ वैशाखमा छोरीको विवाहको तयारी गर्दै छिन् ५५ वर्षीय मादिका लोनिया । तर, उनको अनुहारमा खुसी छैन । श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको ६ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उनी पीडा र चिन्तामा छिन् ।

राम्दीमा स्नान गर्नेहरुको भिड
सोमबार, वैशाख १, २०८२
पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीमा स्नान गर्ने भक्तालुको भिड ।

गुल्मीमा चार महिनामै पक्की पुल निर्माण
सोमबार, वैशाख १, २०८२
गुल्मीका एक निर्माण व्यवसायीले डेढ वर्षमा बन्ने पुल चार महिनामै निर्माण गरेका छन् । निर्माण व्यवसायी विजय खनालले गुल्मीको मदाने गाउँपालिकाअन्तर्गत अग्लु फेँदी खोला पुल चार महिनामै निर्माण सम्पन्न गरेका हुन् ।

नयाँ वर्ष : उमङ्गको पर्व
सोमबार, वैशाख १, २०८२
विक्रम संवतको पात्रोअनुसार नयाँ वर्ष सुरु भएको छ । मध्यरातबाट २०८१ साल सकिएर २०८२ साल सुरु भएको हो । हरेक १ वैशाखलाई विक्रम संवतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ । नयाँ वर्षको आगमनलाई विगतको भन्दा आउँदा दिन अझ बढी फलदायी र सुखमय रहून् भन्ने कामनाका साथ उल्लासमय ढङ्गले...

मिर्गौलापीडितलाई सहयोग
आइतबार, चैत ३१, २०८१
गुल्मी जिल्ला समाज युकेले गुल्मी चन्द्रकोट–४ की एक मिर्गौलापीडित महिलालाई रु चार लाख १६ हजार आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौलाको समस्याबाट पीडित कमला थापामगर खत्रीलाई उक्त सहयोग गरिएको हो ।

लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै
आइतबार, चैत ३१, २०८१
धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ ।