दुई प्रदेशको सीमानामा प्रहरी चौकी स्थापना
बिहीबार, असार ५, २०८२
झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज
बिहीबार, असार ५, २०८२
दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ ।
कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग
बिहीबार, असार ५, २०८२
कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको छ । रामपुर नगरपालिका– ६ नम्बर वडा कार्यालयले कृषि प्रवद्र्धन तथा किसान सम्मान कार्यक्रम अन्तरगत वडाभित्रका कृषि तथा पशुपालक किसानलाई ठेला गाडा उपलब्ध गराएको छ ।
मिथ्या सूचना विरुद्ध विद्यार्थीलाई शिक्षा
बिहीबार, असार ५, २०८२
अधिकाश व्यक्तिहरुले इन्टरनेट तथा सामाजिक सञ्जालमा आउने सूचनाहरुलाई आधिकारीक सूचना मानेर पत्याउने गरेका छन् । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल तथा इन्टरनेटहरुमा गलत सूचना फैलाएर आफ्नो फाईदा लुट्ने समूहहरु बढेका छन् ।
आज द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
बिहीबार, असार ५, २०८२
आज जुन १९ अर्थात् द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । २०१५ जुन १९ मासंयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा गरेको थियो ।
कृषि उत्पादन वृद्धि गर्न साना किसानहरुको पहुँच बैंकसम्म पुर्याउनुपर्नेमा जोड
बुधबार, असार ४, २०८२
कृषि उत्पादन वृद्धिका लागि साना किसानहरुको पहुँच बैंकसम्म पुर्याउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले साना किसानहरुको पहुँच बैंकसम्म पुर्याई लगानीलाई सरल र सहज बनाउन सके कृषि उत्पादन बढाउन सकिनेमा जोड दिएका हुन् ।
रामपुरका विद्यार्थीहरुलाई निःशुल्क चस्मा
बुधबार, असार ४, २०८२
जिल्लाको रामपुर नगरपालिकाभित्र रहेका आवासीय विद्यालयका विद्यार्थीहरुलाई निःशूल्क चस्मा वितरण गरिएको छ । कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर रामपुरले रामपुर नगरपालिका र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा निःशुल्क चस्मा वितरण गरेको हो ।
जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै
मंगलबार, असार ३, २०८२
जलवायु परिवर्तनका असर न्युनिकरण गर्न उपभोक्तालाई सचेत गराइएको छ । रामपुरमा कृषक पाठशाला सञ्चालन गरी यहाँका उपभोक्तालाई जलवायु उत्थानशील समुदाय र पारिस्थितिकीय प्रणालीका सम्बन्धमा प्रशिक्षण दिइएको छ ।
आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस
मंगलबार, असार ३, २०८२
विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको हो ।
सक्षम बन्दैछन् तानसेनका महिला जनप्रतिनिधी
सोमबार, असार २, २०८२
तानसेन नगरपालिकाका महिला जनप्रतिनिधीहरु अहिले सक्षम, क्षमतावान बन्दै नेतृत्व विकासमा जुटेका छन् । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ ले पालिकाको प्रमुख वा उप–प्रमुख मध्ये एक जना महिला र प्रत्येक वडामा वडा अध्यक्षसहित पाँच जना निर्वाचित सदस्यहरुमध्ये एक जना खुला र दलित गरी दुई महिला सदस्य अनिवार्य हुने गरी जनप्रतिनिधीको ...
जसले च्यातिएको झण्डा फेरे
सोमबार, असार २, २०८२
जिल्लाको तानसेन नगरपालिका–५ छापथोक गुर्जुडाँडामा केही वर्षअघिदेखि राष्ट्रिय झण्डा फहराई रहयो । तर झण्डाको अवस्था हेर्दा उदेक लाग्दो नै थियो । किनकि राष्ट्रिय झण्डा धुजा–धुजा भई च्यातिएको अवस्थामा थियो ।
विपन्न बालबालिकालाई पोषण तथा शैक्षिक सामग्री सहयोग
सोमबार, असार २, २०८२
पाल्पाको रामपुर नगरपालिकाकाले बालबालिकालाई पोषण तथा सहायक शैक्षिक सामग्री प्रदान गरेको छ । शारीरिक तथा मानसिक समस्यामा रहेका, दीर्घरोगी, पारिवारिक लगायतका विभिन्न समस्यासँग जुँधिरहेका बालबालिकालाई पोषणयुक्त आहार, पठनपाठनका लागि सहायक सामग्री सहयोग गरिएको छ ।
वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’
सोमबार, असार २, २०८२
स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ ।


